News Category 2076/12/24

माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु

दैनिक समाचारदाता

माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु

दैनिक समाचारदाता
राजविराज, २३ चैत । 
   सप्तरीमा माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु भएको छ ।
    सप्तरीको अग्निसाईर कृष्णासावरण गाउँपालिका ६ मोहनपुमा आइतबार दिउँसो खोलामा खेल्ने क्रममा दुबै बालकको माटोको ढिस्कोले पुरेर मृत्यु भएको प्रहरीले जनाएको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार स्थानिय दिल बहादुर मगरको ५ वर्षिय छोरा निकेश मगर र उमेश खड्काको ६ वर्षिय छोरा संजिव खड्काको मृत्यु भएको हो । 
    दुबै बालक स्थानिय गौरी खोलामा खेल्ने क्रममा माटोको ढिस्कोमा पुरिएर मूत्यु भएको जनाउँदै घटना बारे थप अनुसन्धान भइरहेको जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट