News Category 2071/01/22
सभासद् साह सार्वजनिकस“गै निलम्बित
दैनिक संवाददाता
जनकपुर, २१ वैशाख ।
धनुषा क्षेत्र नं ४ का सभासद् तथा सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्षसमेत रहेका सञ्जयकुमार साहलाई धनुषा प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमा सभासद् साह पक्राउ परेको जानकारी संविधानसभालाई दिए लगत्तै संविधानसभाले साहलाई संविधानसभा सदस्य पदबाट आइतबारै निलम्बन गरेको छ ।
दुई वर्ष अगाडि जनकपुरको रामानन्द चोकमा भएको बम विस्फोट घटनाका मुख्य योजनाकार भनिएका साहलाई केन्द्रीय अनुसन्धान ब्युरोको विशेष टोलीले शनिबार वीरगन्जबाट पक्राउ गरी राति करिब ११ बजे जनकपुर ल्याएको धनुषाका प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।
विसं २०६९ वैशाख १८ गते भएको सो बम विस्फोटमा परी पाँच जनाको मृत्यु भएको थियो भने अन्य ३२ जना घाइते भएका थिए ।
‘अपरेसन रामा’ नाम दिएर अनुसन्धान थालेको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धानका क्रममा पक्राउ परेका मुकेश चौधरी र ओमप्रकाश यादवको बयानका आधारमा ‘टकला’ उक्त घटनाको मुख्य योजनाकार रहेको पुष्टि गरेको थियो ।
अभियुक्त साहमाथि धनुषा अदालतमा कर्तव्य ज्यान मुद्दा चलिरहेको तथा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
घटना गराउन सभासद् साहसँग रकम लिने मध्यस्तकर्ता ओमप्रकाश यादव रहेको र उनले साहसँग रकम लिएर चौधरीलाई दिएको घटना विवरणबाट खुलेको प्रहरीले जनाएको छ । जिविस धनुषाका तत्कालीन सहलेखापाल जीवनाथ चौधरीलाई मार्न साहले चौधरीलाई रकम दिएको सार्वजनिक भइसकेको र शान्तिपूर्ण धर्नामा बसेका नागरिक समाजका अगुवालाई लक्ष्य गरी सो बम विस्फोट गराइएको प्रहरीले जनाएको छ ।
यसअघि सो घटनामा संलग्न भनिएका जयप्रकाश चौधरी, रञ्जित झा, मुकेशकुमार चौधरी, टिपेनु झा, सुरेशकुमार कर्ण र मुकेशकुमार कर्णलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
विसं २०६९ वैशाख १८ गते मिथिला राज्यको माग गर्दै जनकपर–८ रामानन्द चोकमा धर्नामा बसेका बेलामा सो बम विस्फोट भएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ