News Category 2071/01/22
सभासद् साह सार्वजनिकस“गै निलम्बित
दैनिक संवाददाता
जनकपुर, २१ वैशाख ।
धनुषा क्षेत्र नं ४ का सभासद् तथा सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्षसमेत रहेका सञ्जयकुमार साहलाई धनुषा प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमा सभासद् साह पक्राउ परेको जानकारी संविधानसभालाई दिए लगत्तै संविधानसभाले साहलाई संविधानसभा सदस्य पदबाट आइतबारै निलम्बन गरेको छ ।
दुई वर्ष अगाडि जनकपुरको रामानन्द चोकमा भएको बम विस्फोट घटनाका मुख्य योजनाकार भनिएका साहलाई केन्द्रीय अनुसन्धान ब्युरोको विशेष टोलीले शनिबार वीरगन्जबाट पक्राउ गरी राति करिब ११ बजे जनकपुर ल्याएको धनुषाका प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।
विसं २०६९ वैशाख १८ गते भएको सो बम विस्फोटमा परी पाँच जनाको मृत्यु भएको थियो भने अन्य ३२ जना घाइते भएका थिए ।
‘अपरेसन रामा’ नाम दिएर अनुसन्धान थालेको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धानका क्रममा पक्राउ परेका मुकेश चौधरी र ओमप्रकाश यादवको बयानका आधारमा ‘टकला’ उक्त घटनाको मुख्य योजनाकार रहेको पुष्टि गरेको थियो ।
अभियुक्त साहमाथि धनुषा अदालतमा कर्तव्य ज्यान मुद्दा चलिरहेको तथा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
घटना गराउन सभासद् साहसँग रकम लिने मध्यस्तकर्ता ओमप्रकाश यादव रहेको र उनले साहसँग रकम लिएर चौधरीलाई दिएको घटना विवरणबाट खुलेको प्रहरीले जनाएको छ । जिविस धनुषाका तत्कालीन सहलेखापाल जीवनाथ चौधरीलाई मार्न साहले चौधरीलाई रकम दिएको सार्वजनिक भइसकेको र शान्तिपूर्ण धर्नामा बसेका नागरिक समाजका अगुवालाई लक्ष्य गरी सो बम विस्फोट गराइएको प्रहरीले जनाएको छ ।
यसअघि सो घटनामा संलग्न भनिएका जयप्रकाश चौधरी, रञ्जित झा, मुकेशकुमार चौधरी, टिपेनु झा, सुरेशकुमार कर्ण र मुकेशकुमार कर्णलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
विसं २०६९ वैशाख १८ गते मिथिला राज्यको माग गर्दै जनकपर–८ रामानन्द चोकमा धर्नामा बसेका बेलामा सो बम विस्फोट भएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ