News Category 2076/12/28
राहतको नाममा ३ किलो चामल बितरण गरेपछि लकडाउनमै बिरोध जुलुस

नवीन कुमार गुप्ता
राजविराज, २८ चैत ।
कोरोना भाइरसको सम्भावित संक्रमणलाई ध्यानमा राखेर सरकारले गरेको लकडाउनका कारण ज्यालादारी, मजदुर, किसानलगायत गरिब, विपन्न वर्गलाई अहिले खानपिनको समस्या भएको छ । सोही समस्यालाई केहीहदसम्म समाधानका लागि प्रदेश सरकारले बजेट बिनियोजन गरि स्थानीय सरकारलाई राहत बितरण गर्ने निर्देशन दिएको छ ।
तर, राहतको नाममा ठग्ने र झरो टार्ने काम पनि भएको छ । सप्तरीको सप्तकोशी नगरपालिका वडा नं. ५ गंगाजलीमा राहत बितरणको नाममा ३ किलो चामल, एउटा साबुन र आधा लिटर खानेतेल मात्र बितरण गरिएपछि स्थानियहरु आक्रोसित भएका छन् ।
उनीहरुको आक्रोस यति बढ्यो की लकडाउनको बेला सामुदायिक दुरी कायम राख्नु पर्ने कुराको समेत ध्यान नदिई बालबालिकाहरुले प्ले कार्ड बोकेर बिरोध प्रदर्शन गर्न पुगे । प्रदर्शनकै क्रममा प्रहरी पुगेपछि स्थानियहरुलाई सम्झाई बुझाई घर फर्काएको जनाइएको छ ।
यता वडा अध्यक्ष दिपक चौधरीका अनुसार नगरपालिकाबाटै राहतका लागि यस्तै प्याकेज पठाइएकोले आफूहरुले केही गर्न नसकिने लाचारी व्यक्त गरेको स्थानियहरुको भनाई छ । जबकी सप्तरीमा अधिकांश स्थानिय तहले १५ किलो चामल, २ किलो दाल, एक लिटर खाने तेल र एक किलो नुन राहतका लागि बितरण गरिरहेका छन् ।
यस्तै शुक्रबार लकडाउनको १८ औं विभिन्न स्थानिय सरकारहरुले राहत बितरण गर्ने कार्यलाई तिब्रता दिएका छन् । स्थानिय तह अन्तरगत विभिन्न वडाहरुले राहतका लागि व्यक्तिहरुको तथ्याङ्क संकलन गरि राहत बितरण गर्ने कार्यलाई तिब्रता दिएको हो ।
यसअघि बिहीबार राजविराज नगरपालिका वडा नं. ८ स्थित कार्यालयमा २ सय परिवारलाई राहत बितरण गरिएको छ । राहतमा १५ किलो चामल, २ किलो दाल, १ किलो नुन र एक लिटर खाने तेल बितरण गरिएको वडा अध्यक्ष जयनारायण मण्डलले जानकारी दिएका छन् । यस्तै वडा नं. ६ ले पनि विभिन्न चरणमा राहत बितरण गरेको छ ।
प्रदेश २ सरकारले महानगरपालिलाई २५ लाख, उपमहानगरपालिलाई २० लाख, नगरपालिकालाई १५ लाख र गाउँपालिकालाई १० लाख राहत बितरणका लागि बजेट प्रदान गरेको हो ।
विश्वभरि नै कोरोना भाइरसको संक्रमितहरु बढ्दै गइरहेको बेला नेपालले पनि सम्भावित त्यस्ता संक्रमणलाई ध्यानमा राखी पहिलो चरणमा चैत ११ गतेदेखी १८ सम्म, दोश्रो चरणमा १९ देखी २५ सम्म र तेश्रो चरणमा चैत २६ देखी २०७७ बैशाख ३ गतेसम्म लकडाउनको आह्वान गरेको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ