News Category 2076/12/29
राजविराजमा यूवा व्यापारीद्वारा सराहनिय कार्य, गरिब, विपन्न तथा नागरिकताबिहीन व्यक्तिलाई गुप्त दानमार्फत राहत बितरण

दैनिक समाचारदाता
राजविराज, २९ चैत ।
स्थानिय सरकारले स्थानिय व्यक्तिलाई मात्र राहत उपलब्ध गराउने व्यवस्था मिलाएपछि अहिले सोही स्थानमा बसोवास गर्ने नागरिकताबिहीन तथा अन्य बाहिरी व्यक्ति दैनिक मजदुरी गर्ने, गरिबलगायतले सो राहत पाउनबाट बञ्चित हुनु परेको छ ।
सोही कुरालाई मध्यनजर गर्दै राजविराजका स्थानिय चश्मा व्यवसायी शेरु खान र किराना व्यवसायी अमृत संचेतीको पहलमा वास्तविक अति गरिव, मजदुर र नागरिकता नभएका परिवारका लागि गुप्त दान मार्फत राहत बितरण सुरु गरिएको छ ।
राजबिराजस्थित गजेन्द्र चौकमा १२ किलो चामल, २ किलो दाल, २ किलो आलु, १ लिटर खाने तेल र १ किलो नुन भएको पोका बनाएर वरिपरि राखिएको छ । सो राहत कसले राखेको वा कसले दान गरेको भन्ने कुरा खुलाइएको छैन् ।
शनिबार दुई दर्जन त्यस्ता राहतको पोको बनाएर राखिएपछि सो सबै पोका गरिब, विपन्न र नागरिकता बिहीन व्यक्तिले आफै उठाएर लगेका छन् ।
यता चश्मा व्यवसायी खानले आफूले गरेको पहलका कारण दर्जनौं घरमा चुलो बल्ने र उनीहरुका परिवार भोकभोकै नबस्ने बताउँदै सम्पुर्ण नगरवासी तथा सम्पन्न परिवारलाई आफै गजेन्द्र चौकमा पोको बनाएर राखी गुप्त दान गर्न आग्रह समेत गरे ।
कोही भोकै नसुतोस, कोही भोकै नरहोस् भन्ने लक्ष्य लिएर प्रदेश सरकारले बजेट बिनियोजन गरेर स्थानिय सरकारमार्फत त्यस्ता विपन्न परिवारका लागि राहतको व्यवस्था गरेको हो । प्रदेश २ सरकारले महानगरपालिलाई २५ लाख, उपमहानगरपालिलाई २० लाख, नगरपालिकालाई १५ लाख र गाउँपालिकालाई १० लाख राहत बितरणका लागि बजेट प्रदान गरेको हो ।
विश्वव्यापी रुपमा फैलिरेहको कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखी सरकारले चैत ११ गतेदेखी गरेको लकडाउनका कारण गरिब, अति विपन्न, मजदुरलगायतको खाद्यान्नका कारण दैनिकी अत्यन्त कष्ठकर बन्दै गएको छ ।
विश्वभरि नै कोरोना भाइरसको संक्रमितहरु बढ्दै गइरहेको बेला नेपालले पनि सम्भावित त्यस्ता संक्रमणलाई ध्यानमा राखी पहिलो चरणमा चैत ११ गतेदेखी १८ सम्म, दोश्रो चरणमा १९ देखी २५ सम्म र तेश्रो चरणमा चैत २६ देखी २०७७ बैशाख ३ गतेसम्म लकडाउनको आह्वान गरेको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ