News Category 2077/01/04
“मानव अधिकारको अबस्था” अनुगमनका लागि सप्तरी समिति गठन (निर्णयसहित)
दैनिक समाचारदाता
राजविराज, ४ बैशाख ।
कोभिड १९ को सन्दर्भमा “मानव अधिकारको अबस्था” अनुगमन गर्न नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाको संयोजकत्वमा ५ सदस्यीय जिल्ला स्तरिय मानव अधिकार अबस्था अनुगमन समिति गठन गरिएको छ ।
बिहिवार राजबिराजमा सम्पन्न बैठकले कोभिड १९ वाट उत्पन्न बर्तमान जटिल परिस्थितिमा मानव अधिकारको अबस्था अनुगमन गर्न नेपाल बार एशोसियसन, नेपाल पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघ सम्मिलत ५ सदस्यीय सो अनुगमन समिति गठन गरिएको हो ।
गठित समितिको सदस्यहरूमा सप्तरी जिल्ला अदालत बार एशोसिएसन अध्यक्ष डोमन साह, गैरसरकारी संस्था महासंघ नेपाल सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, महिला मानवअधिकारकर्मी आभासेतु सिंह, पत्रकार चन्दनकुमार यादबलाई मनोयन गरिएको जनाइएको छ ।
राष्ट्रिय मानव अधिकार आयोग कोभिड १९ को सन्दर्भमा मानव अधिकार अबस्था अनुगमन नेटवर्कको कार्यबिधि अनुसार जिल्लाको मानव अधिकारको अबस्थाको अनुगमन समिति निर्माण गरिएको संयोजक खड्गाले जानकारी दिएका छन् ।
जिल्ला स्तरको समितिले मानव अधिकारको अबस्था अनुगमनका लागि आयोगवाट तयार भएको अनुगमन चेकलिस्ट प्रयोग गर्ने, लकडाउनको अबधिमा भिडियो कन्फ्रेन्स, टेलिफोन वार्ता, स्थलगत अध्ययन तथा अन्य उपलब्ध माध्मवाट सुचना संकलन गर्ने, लगायतका कार्य गर्ने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ