News Category 2077/01/04
७३ अतिविपन्न परिवारलाई एनसिडिसीद्वारा राहत बितरण
दैनिक समाचारदाता
राजविराज, ४ बैशाख ।
राष्ट्रिय सामुदायिक विकास केन्द्र (एनसिडिसी) नेपाल राजबिराजले सप्तरीको राजगढ गाउँपालिका र राजविराज नगरपालिकाका ७३ अतिविपन्न परिवारलाई बिहीबार राहत बितरण गरेको छ ।
सो गाउँपालिका वडा नं. ४ बेल्हीचेपनाका २४, वडा नं. ५ मलेकपुरका ३४ तथा राजविराजका १५ गरि ७३ अतिविपन्न परिवारलाई राजपाका सहमहासचिव गजेन्द्रकुमार मण्डलको सहयोग तथा संस्थाको सहकार्यमा सो राहत बितरण गरिएको हो ।

ती परिवारलाई चामल ५ किलो, दाल एक किलो, नुन एक किलो, खानेतेल एक किलो, स्वायाबिन २ ग्रामगरि पाँच दिनका लागि पुग्ने राहत स्वरुप खाद्यान्न बितरण गरिएको संस्थाका अध्यक्ष बिरेन्द्र मण्डलले जानकारी दिएका छन् ।
त्यस्तै खाद्यान्नसँगै वडा नं. ४ का १ हजार ४ सय परिबारलाई साबुन तथा ७ हजार थान माक्स तथा वडा नं. ५ का १ सय परिबारलाई साबुन र ४ सय ५० थान माक्स बितरण समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ