News Category 2077/01/11
एचआइभी संक्रमित तथा उनका परिवारजनलाई राहत
दैनिक समाचारदाता
राजविराज, ११ बैशाख ।
कोरोना भाइरसको सम्भावित संक्रमणबाट जोगिनका लागि सरकारले गरेको लकडाउनका क्रममा आर्थिक रुपमा विपन्न, गरिब तथा असाहयहरुलाई प्रदेश सरकारको आर्थिक सहयोग तथा स्थानिय सरकारको समन्वयमा राहत बितरण गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ ।
तर, ती विपन्न बाहेक अन्य असाहय व्यक्तिहरुका लागि विभिन्न सामाजिक संघसंस्था तथा व्यक्तिगत रुपमा पनि राहत बितरण गरिएको छ ।

यसैबीच एचआइभी संक्रमित तथा उनका परिवारजनलाई स्पर्श नेपाल सप्तरीले विभिन्न खाद्यान्न सामाग्रिहरु बितरण गरेको छ ।
राष्ट्रिय एचआइभी एड्स महासंघ नेपालको सहयोगमा स्पर्श नेपालले २४ एचआइभी संक्रमित तथा उनका परिवारजनलाई राहत बितरण गरेको हो ।
प्रति परिवार ८ किलो चामल, एक किलो दाल, एक किलो चिनि, एक किलो गेडागुडी, एक किलो नुन, ३० प्रति अण्डा, एक लिटर खाने तेल बितरण गरिएको स्पर्श नेपाल राजबिराज शाखाका संचालक ललन कुमार झाले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ