News Category 2077/01/17
बैदेशिक रोजगारीमा मलेशिया गएका सप्तरीका इन्दलले गरे आत्महत्या
दैनिक समाचारदाता
राजविराज, १७ बैशाख ।
तीन महिनाअघि बैदेशिक रोजगारीमा मलेशिया गएका सप्तरीका एक ३० वर्षिय यूवकले मंगलबार आत्महत्या गरेका छन् ।
बिश्वब्यापी रुपमा कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै अधिकांश देश लकडाउनमा रहेको बेला सप्तरीको बलान बहिुल गाउँपालिका २ मलहनियाँ निवासी इन्दल यादवले आत्महत्या गरेका हुन् ।
मलेशियामा उनीसँगै काम गर्ने साथी सुरेश लोप्चनका अनुसार उनी नेपाल जानका लागि खोजिरहेको थिए तर, अहिले लकडाउनका कारण नेपाल जाने सम्भावना नरहेकोले उनले आत्महत्या गरेको हुन सक्ने आशंका गरेका छन् । यद्दपी आत्महत्या बारे कारण खुल्न नसकेको मलेशिया प्रहरीले जनाएको छ ।
उनी तीन महिना अघि मात्र इम्प्रेरियल इन्टरनेशनल म्यानपावरमार्फत मलेशिया आवाप सेभ कम्पनिमा आबद्ध भएका थिए । मलेशिया आएको एक हप्ता काम गरे लगत्तै नेपाल फर्किन चाहेका थिए र आफ्नो काम छोडेर क्वालालम्पुरस्थित सेन्तुल होस्टेलमा बसेको उनीसंगै कार्यरत साथी लोप्चनले जानकारी दिए ।
यता उनको शव पोस्टमार्टमका लागि क्वालालम्पुर हस्पिटलमा राखिएको छ । मृतकको श्रीमती, एक तीन महिने छोरा र अढाई वर्षिया एक छोरी छन ।
यसैबीच सप्तरी सामुदायिक विकास केन्द्र नेपालद्वारा संचालित आप्रावासी श्रोत केन्द्रले मृतकको शव नेपाल ल्याउनका लागि आवश्यक पहल सुरु गरिसकेको संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ