News Category 2071/01/23
शिक्षक संगठनद्वारा शिक्षा कार्यालय अगाडी धर्ना
दैनिक संवाददाता
राजविराज, २२ वैशाख ।
दरबन्दीमा कार्यरत अस्थायी शिक्षकहरुलाई कानुनी प्रक्रिया पुरा गरि स्थायी गर्नुपर्ने माग गर्दै अखिल नेपाल शिक्षक संगठन सप्तरीले सोमवार जिल्ला शिक्षा कार्यालय अगाडी दुई घण्टा धर्ना दिएको छ ।
संगठनका जिल्ला अध्यक्ष किशोर साहको नेतृत्वमा संगठनसँग आबद्ध शिक्षकहरुले १२ बजेदेखि २ बजेसम्म जिल्ला शिक्षा कार्यालयको मुल गेटमै धर्ना बसेका हुन् । शिक्षकहरुको धर्नाका कारण दुई घण्टा शिक्षा कार्यालयको कामकाज प्रभाबित भएको थियो ।
निजी बिद्यालयहरुमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई नियुक्ति पत्र दिई सरकारी शिक्षक सरह सेवा सुबिधा प्रदान गर्नुपर्ने, सेवा अबधी गणना हुने गरी सम्पुर्ण अस्थायी शिक्षकहरुलाई स्थायी गर्नुपर्ने, शिक्षा नियमावलीमा भएको करार शिक्षकको व्यवस्था हटाउनुपर्ने लगायतका मागहरु अघि सार्दै आन्दोलन स्वरुप धर्नामा बसेको संगठनका अध्यक्ष साहले बताउनुभयो । अघि सारिएका माग पुरा नभए सशक्त आन्दोलन गर्ने उहाँले चेतावनी दिनुभयो ।
यसैगरि अस्थायी शिक्षक र मन्त्रालयबीचको सहमतिमा २०६९ पुस २० गतेसम्म नियुक्ति पाएका अस्थायी शिक्षकहरुलाई समान आन्तरिक प्रतियोगिताद्वारा स्थायी प्रक्रियामा लैजाने उल्लेख गरिएको अस्थायी शिक्षक सङ्घर्ष समितिका अध्यक्ष रामचन्द्र अधिकारीले जानकारी गराउनुभयो ।
विगतमा गरेको सहमति कार्यान्वयन नगरी गरिएको १३ हजार शिक्षकहरुको विज्ञापनको अन्तिम नतिजा प्रकाशन गर्न लागिएका कारण हजारौँ शिक्षकहरु सेवाबाट बाहिरिने अवस्था सिर्जना भएकाले बाध्यात्मक अवस्थामा कक्षा बहिष्कार गरी आन्दोलनमा उत्रनुपरेको उहाँले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ