News Category 2071/01/23
शिक्षक संगठनद्वारा शिक्षा कार्यालय अगाडी धर्ना
दैनिक संवाददाता
राजविराज, २२ वैशाख ।
दरबन्दीमा कार्यरत अस्थायी शिक्षकहरुलाई कानुनी प्रक्रिया पुरा गरि स्थायी गर्नुपर्ने माग गर्दै अखिल नेपाल शिक्षक संगठन सप्तरीले सोमवार जिल्ला शिक्षा कार्यालय अगाडी दुई घण्टा धर्ना दिएको छ ।
संगठनका जिल्ला अध्यक्ष किशोर साहको नेतृत्वमा संगठनसँग आबद्ध शिक्षकहरुले १२ बजेदेखि २ बजेसम्म जिल्ला शिक्षा कार्यालयको मुल गेटमै धर्ना बसेका हुन् । शिक्षकहरुको धर्नाका कारण दुई घण्टा शिक्षा कार्यालयको कामकाज प्रभाबित भएको थियो ।
निजी बिद्यालयहरुमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई नियुक्ति पत्र दिई सरकारी शिक्षक सरह सेवा सुबिधा प्रदान गर्नुपर्ने, सेवा अबधी गणना हुने गरी सम्पुर्ण अस्थायी शिक्षकहरुलाई स्थायी गर्नुपर्ने, शिक्षा नियमावलीमा भएको करार शिक्षकको व्यवस्था हटाउनुपर्ने लगायतका मागहरु अघि सार्दै आन्दोलन स्वरुप धर्नामा बसेको संगठनका अध्यक्ष साहले बताउनुभयो । अघि सारिएका माग पुरा नभए सशक्त आन्दोलन गर्ने उहाँले चेतावनी दिनुभयो ।
यसैगरि अस्थायी शिक्षक र मन्त्रालयबीचको सहमतिमा २०६९ पुस २० गतेसम्म नियुक्ति पाएका अस्थायी शिक्षकहरुलाई समान आन्तरिक प्रतियोगिताद्वारा स्थायी प्रक्रियामा लैजाने उल्लेख गरिएको अस्थायी शिक्षक सङ्घर्ष समितिका अध्यक्ष रामचन्द्र अधिकारीले जानकारी गराउनुभयो ।
विगतमा गरेको सहमति कार्यान्वयन नगरी गरिएको १३ हजार शिक्षकहरुको विज्ञापनको अन्तिम नतिजा प्रकाशन गर्न लागिएका कारण हजारौँ शिक्षकहरु सेवाबाट बाहिरिने अवस्था सिर्जना भएकाले बाध्यात्मक अवस्थामा कक्षा बहिष्कार गरी आन्दोलनमा उत्रनुपरेको उहाँले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ