News Category 2077/01/17
डोम र मेहतर परिवारलाई एनसिडिसीको सहयोग
दैनिक समाचारदाता
राजविराज, १७ बैशाख ।
राष्ट्रिय सामुदायिक विकास केन्द्र (एनसिडिसी) नेपाल राजबिराजले वडा नं. ९ मलेठका डोम र मेहतर परिवारलाई बुधबार राहत बितरण गरेको छ ।
कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले गरेको लकडाउनको बुधबार ३७ औं दिन तत्कालिन राजपाका सहमहासचिव गजेन्द्रकुमार मण्डलको आर्थिक सहयोग, संस्थाको सहकार्य र वडा कार्यालयको समन्वयमा राजविराज वडा नं. मलेठका ७ डोम तथा ८ मेहतर परिवारलाई राहत प्रदान गरेको हो ।
ती परिवारलाई चामल ५ किलो, दाल एक किलो, नुन एक किलो, खानेतेल आधा लिटर, स्वायाबिन २ ग्रामगरि मास्क र साबुन समेत बितरण गरिएको संस्थाका अध्यक्ष बिरेन्द्र मण्डलले जानकारी दिएका छन् ।

यस्तै वडा नं. ९ का अध्यक्ष शम्भु प्रसाद यादवले वडाका तर्फबाट १ हजार २ सय ५० परिवारलाई राहत बितरण भइसकेको तथा राहत पाउन छुटेका तथा गरिब, अतिविपन्न तथा असाहयलाई संस्थाले गरिरहेको सहयोगलाई सहनिय भन्दै धन्यवाद दिएका छन् ।
राहत बितरणका अवसरमा रापजाका केन्द्रिय सदस्य अमरनाथ मण्डलले दुःखको यस घडीमा पार्टीका नेताको सहयोग सहनिय रहेको भन्दै सांसद तथा प्रदेशसभा सदस्य समेतले जनतालाई सहयोग गर्नुपर्ने बताए ।

यसअघि पनि सहमहासचिव मण्डलकै आर्थिक सहयोगमा जिल्लाको राजगढ गाउँपालिकाका आर्थिक रुपले विपन्न तथा असहाय २ सय परिवारलाई राहत बितरण गरिएको छ भने ५ हजार ४ सय परिबारलाई साबुन तथा १० हजार थान माक्स बितरण समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ