News Category 2077/01/18
नेता मण्डलको आर्थिक सहयोगमा गरिब, विपन्नलाई राहत बितरण गरिदै
दैनिक समाचारदाता
राजविराज, १८ बैशाख ।
राष्ट्रिय सामुदायिक विकास केन्द्र (एनसिडिसी) नेपाल राजबिराजले विपन्न, गरिब तथा असाहय परिवारलाई राहत बितरण गर्ने कार्यलाई तिब्रता दिएको छ ।
कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले गरेको लकडाउनका समयमा ती विपन्न परिवारलाई तत्कालिन राजपाका सहमहासचिव गजेन्द्रकुमार मण्डलको आर्थिक सहयोगमा सो राहत बितरण कार्यलाई तिब्रता दिएको हो ।
संस्थाले बिहीबार सप्तरीको राजगढ गाउँपालिका वडा न. ५ मलेकपुरका सरदार समुदायका ५१ परिवारहरुलाई दाल, चामल, स्वाबिन, खाने तेल, नुन र प्रत्येक परिवारका सदस्यहरूलाई माक्स र साबुन बितरण गरेको छ ।

सो राहत बितरण कार्यमा जनता समाजवादी पार्टी नेपालका युवा नेता सुर्य नारायण माली तथा पार्टीका कार्यकर्ताहरुले समन्वय गरेका थिए ।
यसअघि बुधबार सहमहासचिव मण्डलकै सहयोगमा राजविराज वडा नं. मलेठका ७ डोम तथा ८ मेहतर परिवारलाई राहत प्रदान गरेको हो ।
यस्तै सहमहासचिव मण्डलकै आर्थिक सहयोगमा जिल्लाको राजगढ गाउँपालिकाका आर्थिक रुपले विपन्न तथा असहाय २ सय परिवारलाई राहत बितरण गरिएको छ भने ५ हजार ४ सय परिबारलाई साबुन तथा १० हजार थान माक्स बितरण गरिसकेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ