News Category 2077/01/24
व्यक्तिगत रुपमै नेता मण्डलले गरिब, विपन्न तथा सहिद परिवारलाई राहत बितरण गर्दै
दैनिक समाचारदाता
राजविराज, २४ बैशाख ।
कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै गत चैत ११ गतेदेखी सरकारले गरेको लकडाउनका कारण गरिब, दलित, अतिविपन्न तथा दैनिक ज्यालादारी मजदुरको अवस्था नाजुक बन्दै गएको अवस्थामा ती व्यक्तिहरुलाई आफ्नो व्यक्तिगत तर्फबाट जनता समाजवादी पार्टीका नेता गजेन्द्र कुमार मण्डलले राहत बितरण गरेका छन् ।
तत्कालिन राजपाका सहमहासचिव समेत रहेका नेता मण्डलले व्यक्तिगत रुपमा गरिब, दलित, अतिविपन्न तथा दैनिक ज्यालादारी मजदुर बाहेक मधेश आन्दोलनका क्रममा सहिद भएका परिवारलाई समेत राहत बितरण गरेका छन् ।

राष्ट्रिय सामुदायिक विकास केन्द्र (एनसिडिसी) नेपाल राजबिराजको समन्वयनमा नेता मण्डलले राजविराज वडा नं. ९ मलेठका सहिद पिताम्बर मण्डलका पत्नि, सन्जन मेहताका आमा तथा बिरेन्द्र मेहताका आमालाई राहत स्वरुप २० किलो चामल, पाँच किलो दाल, दुई लिटर खाने तेल, एक किलो स्वाबिन, दुई किलो नुन, साबुन र मास्क बितरण गरेका हुन् । ती राहत सामाग्रिसँगै वडा नं. ९ का अध्यक्ष शम्ुभप्रसाद यादवले रु. ५ सय तरकारी खर्च समेत दिएका छन् ।

यसअघि पनि नेता मण्डलले राजविराज नगरपालिका तथा राजगढ गाउँपालिकाका ५५ अतिविपन्न डोम, मुसहर, मेहतर परिवारलाई राहत बितरण गरेका थिए । यस्तै उनले आर्थिक रुपले विपन्न तथा असहाय २ सय परिवारलाई राहत तथा ५ हजार ४ सय परिबारलाई साबुन तथा १० हजार थान माक्स बितरण समेत गरिसकेका छन् ।
यता सरकारले गरेको लकडाउनको सप्तरीवासीले पूर्ण रुपमा पालना गरेका छन् । लकडाउनको डेढ महिनाको अवधीमा सप्तरीमा बिहानपख केही खुकुलो हुने गरेको छ भने दिउँसो पूर्ण रुपमा बजारहरु सुनसान देखिन्छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ