News Category 2077/01/24
व्यक्तिगत रुपमै नेता मण्डलले गरिब, विपन्न तथा सहिद परिवारलाई राहत बितरण गर्दै

दैनिक समाचारदाता
राजविराज, २४ बैशाख ।
कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै गत चैत ११ गतेदेखी सरकारले गरेको लकडाउनका कारण गरिब, दलित, अतिविपन्न तथा दैनिक ज्यालादारी मजदुरको अवस्था नाजुक बन्दै गएको अवस्थामा ती व्यक्तिहरुलाई आफ्नो व्यक्तिगत तर्फबाट जनता समाजवादी पार्टीका नेता गजेन्द्र कुमार मण्डलले राहत बितरण गरेका छन् ।
तत्कालिन राजपाका सहमहासचिव समेत रहेका नेता मण्डलले व्यक्तिगत रुपमा गरिब, दलित, अतिविपन्न तथा दैनिक ज्यालादारी मजदुर बाहेक मधेश आन्दोलनका क्रममा सहिद भएका परिवारलाई समेत राहत बितरण गरेका छन् ।
राष्ट्रिय सामुदायिक विकास केन्द्र (एनसिडिसी) नेपाल राजबिराजको समन्वयनमा नेता मण्डलले राजविराज वडा नं. ९ मलेठका सहिद पिताम्बर मण्डलका पत्नि, सन्जन मेहताका आमा तथा बिरेन्द्र मेहताका आमालाई राहत स्वरुप २० किलो चामल, पाँच किलो दाल, दुई लिटर खाने तेल, एक किलो स्वाबिन, दुई किलो नुन, साबुन र मास्क बितरण गरेका हुन् । ती राहत सामाग्रिसँगै वडा नं. ९ का अध्यक्ष शम्ुभप्रसाद यादवले रु. ५ सय तरकारी खर्च समेत दिएका छन् ।
यसअघि पनि नेता मण्डलले राजविराज नगरपालिका तथा राजगढ गाउँपालिकाका ५५ अतिविपन्न डोम, मुसहर, मेहतर परिवारलाई राहत बितरण गरेका थिए । यस्तै उनले आर्थिक रुपले विपन्न तथा असहाय २ सय परिवारलाई राहत तथा ५ हजार ४ सय परिबारलाई साबुन तथा १० हजार थान माक्स बितरण समेत गरिसकेका छन् ।
यता सरकारले गरेको लकडाउनको सप्तरीवासीले पूर्ण रुपमा पालना गरेका छन् । लकडाउनको डेढ महिनाको अवधीमा सप्तरीमा बिहानपख केही खुकुलो हुने गरेको छ भने दिउँसो पूर्ण रुपमा बजारहरु सुनसान देखिन्छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/09 लालपूर्जा पाउनु पर्ने माग गर्दै दोस्रो चरणको आन्दोलन घोषणा
- 2082/01/09 अपहरण तथा जबरजस्तीकरणीका फरार अभियुक्त पक्राउ
- 2082/01/09 हिन्दु राष्ट्र लगायत नेता कार्यकर्ताको रिहाको माग गर्दै प्रदर्शन
- 2082/01/08 शिक्षक आन्दोलनका कारण विद्यार्थीको भविष्य अन्यौलमा, सप्तरीमा भर्ना अभियानदेखी एसइईको उत्तर पुस्तिका परिक्षण कार्य समेत प्रभावित
- 2082/01/08 प्रतिष्ठानको ऐन बन्ने काम अन्तिम चरणमा पुगेको छ ः डा. चौधरी
- 2082/01/08 राजयोगिनी डा.रत्नमोहन दादीप्रति श्रद्धाञ्जली अर्पण
- 2082/01/08 सिटिजन्स बैंकको वार्षिकोत्सवमा रक्तदान
- 2082/01/07 सप्तरीका दुई कार्यालयमा तालाबन्दी, व्यक्ति व्यक्तिले चिठी बिक्रि गरेको भन्दै शिक्षा विकास इकाई कार्यालय सप्तरीमा तालाबन्दी
- 2082/01/06 ५६ बोट बिरुवाहरु रोपेर नेवि संघले मनायो स्थापना दिवस
- 2082/01/06 राष्ट्रिय मुक्ती पार्टी नेपालको सप्तरीमा संगठन विस्तार अभियान सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ