News Category 2071/01/23
राजविराजमा यातायात कार्यालय स्थापना गर्न माग
दैनिक संवाददाता
राजविराज, २२ वैशाख ।
सगरमाथा यातायात संघ सप्तरीले राजविराजमा यातायात व्यवस्था कार्यालय स्थापना गर्न माग गरेको छ ।
राजविराजमा आयोजित पत्रकार सम्मेलनमा सगरमाथा यातायात संघका अध्यक्ष नुरुलहोदा अन्सारीले राजविराजमा रहेको यातायात व्यवस्था कार्यालयलाई गत २०४१ सालमै सारिएर लहान लगिएपनि अहिलेसम्म अर्काे व्यवस्था नमिलाउँदा यातायात व्यवसायीहरु समस्या परेको बताउनुभयो ।
सगरमाथा अञ्चलकै सदरमुकाम राजविराज रहेपनि अन्यायपुर्वक सरकारले यहाँबाट यातायात व्यवस्था कार्यालय लहान सारिएको तीन दशक बितिसक्दाँ समेत अर्काे कुनै व्यवस्था नमिलाउँदा यातायात व्यवसायहरुलाई समस्या हुँदै आएको अन्सारीले बताउनुभयो ।
सवारी साधनको नाम सारि गराउन, नविकरण गराउन, चालक अनुमति पत्र नविकरण गराउन लगायतका काम गराउन एकतिर बढीसमय खर्च गर्नुपर्ने बाध्यता छन् भने अर्काेतिर रकम खर्चिनुपर्ने र सानो कामका लागि पनि दिनभरी हैरानी बेहोर्नुपर्ने बाध्यता रहेको अध्यक्ष अन्सारीले गुनासो गर्नुभयो ।
२०४१ सालमै बिरगंजबाट हेटौडा सारिएको यातायात ब्यवस्था कार्यालय यातायात व्यवसायीहरुको आन्दोलन पश्चात बिरगंजका व्यवसायीहरुको समस्यालाई मध्यनजर गरी बिरगंजमा यातायात व्यवस्था कार्यालयको शाखा कार्यालय स्थापना गरिएपनि सोही बर्ष राजविराजबाट यातयात कार्यालय सारिएपनि राजविराजमा अझै यातायात व्यवस्थाको शाखा कार्यालय स्थापना गर्न नसकेको गुनासो पोख्दै अध्यक्ष अन्सारीले राजविराजमा यातायात व्यवस्था कार्यालय स्थापना नभए आन्दोल गर्ने बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ