News Category 2077/01/30
लकडाउनको उल्लंघन गर्ने क्रम बढ्यो, प्रहरी प्रशासन मौन
दैनिक समाचारदाता
राजविराज, ३० बैशाख ।
कोरोना संक्रमणको पुष्टि भएपनि सप्तरीमा दुई दिन यता लकडाउनको पालना भने ठिक ढंगले हुन सकेको छैन् । अघिल्लो दिन जिल्लाको डाक्नेश्वरी नगरपालिकामा एक १८ वर्षिय युवालाई कोरोना संक्रमणको पुष्टि भएपछि पनि लकडाउनको उल्लंघन गरि सडकमा सर्वसाधारणको भिडभाड बढ्न थालेको छ ।
सरकारले खुल्ला गर्ने भनेको अत्यावश्क सेवा बाहेकका पसल समेत धमाधम खुल्न थालेका छन् । मंगलबार सदरमुकाम राजविराज बजारका केही जुत्ता पसल, श्रृंगार पसल, ज्वेलरी पसल, पान पसल, पुस्कत पसल र हार्डवेयर पसल समेत संचालनमा आएको देखिएको छ ।

यसैगरि नगरका मूल सडकहरुमा सवारीसाधनहरु पनि उल्लेख्य मात्रामा गुडेका छन् । नगरका विभिन्न स्थानमा भवन निर्माणका काम पनि सुरु भएको छ । तर, भवन निर्माणको काम गर्दा सामाजिक दुरी तथा मास्क लगाउने काम समेत नगरि दर्जनौं कामदार एकै ठाउँमा खट्न थालेको दृश्य देखिएको छ ।
यसले कोरोनाको जोखिम झनै बढाउने भन्दै स्थानिय बुद्धिजिविहरुले चिन्ता व्यक्त गर्दै लकडाउनको पालना गर्न गराउन सबैमा आग्रह गरेको छ । स्थानिय प्रसाशनले सर्वसाधारको समस्यालाई ध्यानमा राख्दै दुई दिन यता लकडाउनलाई केही खुकुलो बनाइएको जनाएको छ ।
यता डिएसपी तिलक भारतीले लामो समयसम्म लकडाउन रहँदा समस्यामा परेकाहरुलाई ध्यानमा राख्दै केही खुकुलो बनाइएको तर जथाभावी घर बाहिर निस्कने र भिंडभाड गर्नेलाई नियन्त्रणमा लिइने जानकारी दिएका छन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी आनन्द ठाकुरले लकडाउन उलंघन गर्ने क्रम बढेको बारे आफूलाई पनि सूचना प्राप्त भएको भन्दै यसबारे जिल्ला सुरक्षा समितिको बैठक बसी आवश्यक निर्णय लिइने जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ