News Category 2077/01/31
इम्प्याक्टद्वारा राजविराज नगरपालिकालाई विभिन्न स्वास्थ्य सामाग्रि सहयोग
दैनिक समाचारदाता
राजविराज, ३१ बैशाख ।
राजविराज नगरपालिकाको कार्यालयलाई काठमाडौंस्थित एक गैरसरकारी संस्थाले बुधबार विभिन्न स्वास्थ्य सामाग्रिहरु सहयोग गरेको छ ।
इम्प्याक्ट नेपाल काठमाडौंले राजविराज वडा नं. ९ मलेठस्थित प्राथमिक कान उपचार केन्द्रको समन्वयमा ७ लाख बढी मुल्य बराबरको स्वास्थ्य सामाग्रिहरु नगर प्रमुख शम्भु प्रसाद यादवलाई हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण गराइएको सामाग्रिहरुमा केएन ९५ रेसपिरेटर्स मास्क २ सय थान, थ्री प्लाई सर्जिकल मास्क २ हजार थान, पिपिसी १ सय, सेफ्टी चश्मा २ सय थान, आई आर थर्मोमिटर १०, सुजकोभर १ सय जोडा, हेडकोभर १ सय र लेटेक मेडिकल ग्रेड डिस्पोजल २० हजार थान लगायतका स्वास्थ्य सामाग्रिहरु रहेको केन्द्रका सहायक नरेश कुमार यादवले जानकारी दिए ।

ती सामाग्रि बुझ्दै नगर प्रमुख यादवले प्राप्त स्वास्थ्य सामाग्रि गजेन्द्र नारायण सिंह अस्पताल, साईकृष्णा अस्पताल, युनिक अस्पताल तथा विभिन्न स्वास्थ्य चौकी तथा क्वारेन्टाइन केन्द्रमा आवश्यकता अनुसार तत्कालै बितरण गर्ने व्यवस्था मिलाउने जानकारी समेत दिए ।
सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत मदन थापा, अधिकृत प्रप्रुल्ल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । यता गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. चुमनलाल दासले स्वास्थ्य सामाग्रिको अभावका बीच जोखीमपूर्ण अवस्थामा स्वास्थ्यकर्मीहरु काम गर्न बाध्य भएको बेला प्राप्त सहयोगले थोरै भएपनि राहत मिल्ने जिकिर गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ