News Category 2077/02/02
डेढ महिनाको अवधीमा सप्तरीका चार यूवकको मलेशियामा मृत्यु

दैनिक समाचारदाता
राजविराज, २ जेठ ।
बैदेशिक रोजगारीमा मलेशिया गएका पुनः सप्तरीका एक युवकको मृत्यु भएको छ । यो सँगै डेढ महिनाको अवधीमा मलेशियामै सप्तरीका चार यूवकले ज्यान गुमाएका छन् ।
मृत्यु हुनेमा सप्तरीको बिष्णुपुर गाउँपालिका वडा न. १ बस्ने ३६ वर्षिय दुखीलाल मण्डल रहेका छन् । उनको बैशाख ३१ गते बुधबारका दिन मृत्यु भएको परिवारजनले जानकारी दिएका छन् ।
मलेसियामा रहेका मृतकका छिमेकी बिनोद गोइत यादवका अनुसार मृत्यु कुन कारणले भएको भन्ने बारे जानकारी नरहेको परिवारजनले बताएका छन् । एक पत्नी, दुई छोरा रहेका दुखीलाल सन् २०१५ मा वैदेशिक रोजगारका लागि मलेसिया गएका थिए ।
उनी मलेशियास्थित सुन फाबि एण्ड कन्फा कम्पनिमा प्रोडक्सन अपरेटरको रुपमा कार्यरत रहेको सप्तरी सामुदायिक विकास केन्द्र नेपालद्वारा संचालित सुरक्षित आप्रवासन परियोजना अन्तरगत आप्रवासी श्रोत केन्द्र राजविराजका परियोजना संयोजक राजेन्द्र यादवले जानकारी दिए ।
यसअघि बैशाख २० गते मलेशियामै डाक्नेश्वरी नगरपालिका ८ भिमपुर निवासी २१ वर्षिय घनश्याम मण्डलको मृत्यु भएको थियो । उनी मलेशियाको सलेङ्गर जिल्लास्थित आई४१२ कम्पनीमा कार्यरत रहेकै बेला ब्रेकको समयमा खाना खाने क्रममा अचानक बेहोस भई ढलेका थिए । उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । उनी झण्डै तीन वर्षदेखी मलेशियामा कार्यरत थिए ।
यस्तै बैशाख १६ गते मंगलबार मलेशियामै सप्तरीको बलान बिहुल गाउँपालिका २ मलहनियाँ निवासी इन्दल यादवले आत्महत्या गरेका थिए । उनी तीन महिनाअघि मात्र बैदेशिक रोजगारीका लागि मलेशिया गएका थिए ।
यसअघि गत चैत २ गते सप्तरीको राजविराज वडा नं. १० बिरौल निवासी २५ वर्षिय विष्णुदेव मण्डलको पनि मलेशयिामै मृत्यु भएको थियो । चैत २ गते राती एक्कासी उनको पेट दुखेपछि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ । उनी दुई महिना अघि मात्र रोजगारीका लागि मलेशिया गएको आप्रवासी श्रोत केन्द्र राजविराजका परियोजना संयोजक यादवले जानकारी दिए ।
यता चारै जनाको शव नेपाल ल्याउनका लागि सम्बन्धित निकायहरुसँग आवश्यक समन्वय र सहकार्य भइरहेको सप्तरी सामुदायिक विकास केन्द्र नेपालका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ