News Category 2077/02/02
डेढ महिनाको अवधीमा सप्तरीका चार यूवकको मलेशियामा मृत्यु
दैनिक समाचारदाता
राजविराज, २ जेठ ।
बैदेशिक रोजगारीमा मलेशिया गएका पुनः सप्तरीका एक युवकको मृत्यु भएको छ । यो सँगै डेढ महिनाको अवधीमा मलेशियामै सप्तरीका चार यूवकले ज्यान गुमाएका छन् ।
मृत्यु हुनेमा सप्तरीको बिष्णुपुर गाउँपालिका वडा न. १ बस्ने ३६ वर्षिय दुखीलाल मण्डल रहेका छन् । उनको बैशाख ३१ गते बुधबारका दिन मृत्यु भएको परिवारजनले जानकारी दिएका छन् ।
मलेसियामा रहेका मृतकका छिमेकी बिनोद गोइत यादवका अनुसार मृत्यु कुन कारणले भएको भन्ने बारे जानकारी नरहेको परिवारजनले बताएका छन् । एक पत्नी, दुई छोरा रहेका दुखीलाल सन् २०१५ मा वैदेशिक रोजगारका लागि मलेसिया गएका थिए ।
उनी मलेशियास्थित सुन फाबि एण्ड कन्फा कम्पनिमा प्रोडक्सन अपरेटरको रुपमा कार्यरत रहेको सप्तरी सामुदायिक विकास केन्द्र नेपालद्वारा संचालित सुरक्षित आप्रवासन परियोजना अन्तरगत आप्रवासी श्रोत केन्द्र राजविराजका परियोजना संयोजक राजेन्द्र यादवले जानकारी दिए ।
यसअघि बैशाख २० गते मलेशियामै डाक्नेश्वरी नगरपालिका ८ भिमपुर निवासी २१ वर्षिय घनश्याम मण्डलको मृत्यु भएको थियो । उनी मलेशियाको सलेङ्गर जिल्लास्थित आई४१२ कम्पनीमा कार्यरत रहेकै बेला ब्रेकको समयमा खाना खाने क्रममा अचानक बेहोस भई ढलेका थिए । उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । उनी झण्डै तीन वर्षदेखी मलेशियामा कार्यरत थिए ।
यस्तै बैशाख १६ गते मंगलबार मलेशियामै सप्तरीको बलान बिहुल गाउँपालिका २ मलहनियाँ निवासी इन्दल यादवले आत्महत्या गरेका थिए । उनी तीन महिनाअघि मात्र बैदेशिक रोजगारीका लागि मलेशिया गएका थिए ।
यसअघि गत चैत २ गते सप्तरीको राजविराज वडा नं. १० बिरौल निवासी २५ वर्षिय विष्णुदेव मण्डलको पनि मलेशयिामै मृत्यु भएको थियो । चैत २ गते राती एक्कासी उनको पेट दुखेपछि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ । उनी दुई महिना अघि मात्र रोजगारीका लागि मलेशिया गएको आप्रवासी श्रोत केन्द्र राजविराजका परियोजना संयोजक यादवले जानकारी दिए ।
यता चारै जनाको शव नेपाल ल्याउनका लागि सम्बन्धित निकायहरुसँग आवश्यक समन्वय र सहकार्य भइरहेको सप्तरी सामुदायिक विकास केन्द्र नेपालका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ