News Category 2071/01/23
उच्चस्तरीय टोलीद्वारा साक्षरता कक्षाको निरीक्षण
दैनिक संवाददाता
राजविराज, २२ वैशाख ।
सप्तरीको देउरी भरुवा गाविसका निरक्षरहरुलाई साक्षर बनाउने उद्देश्यले सञ्चालित साक्षरता कक्षाको शिक्षा मन्त्रालयको उच्चस्तरीय टोलीले सोमवार निरीक्षण गरेको छ ।
शिक्षा मन्त्रालय अनौपचारिक शिक्षा केन्द्रका उपनिर्देशक प्रेम भट्टराई, शिक्षा मन्त्रालयका उपसचिव प्रेमराज खरेल, अनौपचारिक शिक्षा केन्द्रका शाखा अधिकृत खुलानाथ गौतम नेतृत्वको टोलीले साक्षरता कक्षाको स्थगत निरीक्षण गरेको हो ।
टोलीले देउरी भरुवा गाविसको बिभिन्न वडाहरुमा सञ्चालित साक्षरता कक्षाको निरीक्षण गरि साक्षरता कक्षामा सहभागिहरुसँग छलफल समेत गर्नुभयो ।
निरीक्षणका क्रममा साक्षरता कक्षामा सहभागि निरक्षर महिलाहरु उत्साहित भएर साक्षर बन्ने बाटोमा अग्रसर बनेको पाइएको टोलीमा सहभागि अनौपचारिक शिक्षा केन्द्रका उपनिर्देशक प्रेम भट्टराईले जानकारी दिनुभयो ।
अनुगमन टोलीमा जिल्ला शिक्षा कार्यालय सप्तरीका शाखा अधिकृत फाल्गुनी प्रसाद काफ्ले, सेभद सप्तरीका सन्तोष देव, क्रान्तिकारी पत्रकार संघ सप्तरीका अध्यक्ष राजु विश्वकर्मा लगायतको समेत सहभागिता रहेको थियो ।
जिल्ला शिक्षा कार्यालय सप्तरीको सहयोगमा सेभ द सप्तरीले सप्तरीको देउरी भरुवा गाविसमा साक्षरता कक्षा सञ्चालन गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ