News Category 2077/02/06
लकडाउनको सदुपयोग गर्दै यूवाहरुले श्रमदानबाट बनाए सडक
दैनिक समाचारदाता
राजविराज, ६ जेठ ।
लकडाउनको समयलाई सदुपयोग गर्दै सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ खुदीबखारीका यूवाहरु यतिबेला श्रमदान गरि बाटो निर्माणमा जुटेका छन् ।
जिल्लाको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिरसम्म पुग्ने अढाई किलोमिटर बाटो निर्माणमा सोही गाउँपालिका ६ खुदीबखारीका यूवाहरु विगत डेढ महिनादेखी उक्त अभियानमा जुटेका हुन् । डेढ महिनाको अवधीमा उनीहरुले ४ मिटर चौडाईको २ किलोमिटर कच्चि बाटो निर्माण गरिसकेका छन् ।
करिब ३ दर्जन यूवाहरुले सामाजिक दुरी कायम गर्दै बाटो निर्माण अभियानमा जुटेको श्रमदानमा खटिएका स्थानिय युवा कृष्णकुमार मण्डलले बताए । बाटो निर्माणका लागि श्रमदान सँगै आवश्यक उपकरण र माटो ढुवानीका लागि प्रयोग गरिने ट्रयाक्टरको भाडा खर्च आदी जुटाउन चन्दा संकलन समेत गरेर बाटो निर्माण कार्य अघि बढाइएको उनले बताए । बाँकी रहेको आधी किलोमिटर सडकको निर्माण कार्य पनि १०÷१५ दिन भित्रै पूरा गरिसक्ने लक्ष्यका साथ काम भइरहेको श्रमदानमा खटिएका अर्का यूवा अशोक यादवले बताए ।
सदरमुकाम राजविराज जाने बाटो र छिन्नमस्ता भगवती मन्दिरसम्म जाने बाटोमा जोडिएपछि आवागमन तथा गाउँको कृषि उत्पादन बजारसम्म पु¥याउन समेत सहज हुने स्थानियले विश्वास व्यक्त गरेका छन् । गाउँका यूवाहरुले गरेको प्रयासको प्रशंसा गर्दै स्थानियवासीले सडक निर्माणमा खटिएका यूवाहरुलाई सम्मान तथा कालोपत्रे गर्न आवश्यक पहलका लागि स्थानिय तहलाई सुझाव समेत दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ