News Category 2077/02/18

दुई महिलाद्वारा आत्महत्या

दैनिक समाचारदाता

दुई महिलाद्वारा आत्महत्या

दैनिक समाचारदाता
राजविराज, १८ जेठ ।
    मुलुक कोरोनाका कारण लकडाउन भएको बेला सप्तरीमा एकै दिन दुई महिलाले झुण्डिएर आत्महत्या गरेकी छिन् । 
    जिल्लाको कंचनरुप नगरपालिका ७ बस्ने ३५ वर्षिया रम्भादेवी रामले शनिबार राती आफ्नै घरमा शलको पासो लगाई झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । 
    घटना बारे थाहा पाउनासाथ प्रहरी टोली गई अनुसन्धान सुरु गरेको डिएसपी तिलक भारतीले जानकारी दिए । 
    यसैगरि महदेवा गाउँपालिका ४ डाढा टोल बस्ने १४ वर्षिया किशोरी सन्तोषि मण्डलले पनि शनिबारै राती आफ्नो घरको कोठामा सलको पासो लगाई पंखामा झुण्डिएर आत्महत्या गरेको उनले जानकारी दिए । घटनाको कारण भने खुल्न नसकेको र अनुसन्धान भइरहेको डिएसपी भारतीले बताए । 
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट