News Category 2077/02/19
१ सय ५३ हरवा चरवा परिवारलाई राहत प्रदान

दैनिक समाचारदाता
राजविराज, १९ जेठ ।
कोरोना भाइरसको सम्भावित संक्रमणबाट जोगिन सरकारले गरेको लकडाउनका कारण अतिविपन्न, दलित, हरवा चरवा तथा दैनिक मजदुरहरु निकै कष्ठकर जिवन बिताउन बाध्य छन् ।
दुई महिना भन्दा बढी दिनदेखी भएको लकडाउनका कारण अहिले सर्वसाधारण समेतको जिवन कष्ठकर बन्दै गएको छ । यसैबीच सप्तरीको कंचनरुप नगरपालिका वडा नं. ३, ११ र १२ का १ सय ५३ जना हरवा चरवा परिवारलाई सोमबार एक संस्थाले राहत बितरण गरेको छ ।
तपेश्वरी समाज कल्याण संघ राजविराजको सहयोगमा ठेलिया र धरमपुरका १ सय ५३ हरवा चरवा परिवारलाई चामल २० किलो, दाल २ किलो, खाने तेल १ लिटर, नुन १ किलो, आलु ४ किलो, सोयाबिन आधा किलोका दरले प्रत्येक परिवारलाई वडा नं. १२ का अध्यक्ष देबी बहादुर खत्रीद्वारा राहत बितरण गरिएको संघका प्रदिप कुमार जोशीले जानकारी दिएका छन् ।
त्यस्तै राहत संगसँगै प्रत्येक परिवारलाई साबुन ४ थान, मास्क २ थान र सेनिटाइजर एक बोतलका दरले बितरण समेत गरिएको संघले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ