News Category 2077/02/20
सप्तरीमा ५५ जनामा कोरोना संक्रमण, सबैको साइकृष्णाको आइसोलेशनमा उपचार गरिँदै

दैनिक समाचारदाता
राजविराज, २० जेठ ।
सप्तरीमा कोरोना संक्रमितको संख्या ५५ पुगेको छ । पछिल्लो पटक मंगलबार सप्तरीको राजगढ गाउँपालिका २ निवासी २० वर्षिय यूवकमा कोरोना संक्रमणको पुष्टि भएको हो । उनी सात दिनअघि मात्र भारतबाट फर्केका थिए । उनी गाउँपालिकाद्वारा संचालनमा ल्याइएको कवारेन्टाइनमा बस्दै आएका थिए ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार जिल्लामा मंगलबार एक जनामा थप कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ५५ पुगेको हो ।
यता संक्रमित मध्ये सबैभन्दा बढी जिल्लाको बोदेबसाईन नगरपालिकाका १९, राजगढ गाउँपालिकाका १३, डाक्नेश्वरी नगरपालिकाका १२, राजविराज नगरपालिका र बलान बिहुल गाउँपालिकाका ४÷४ तथा खडक नगरपालिका, सुरुङ्गा नगरपालिका र विष्णुपुर गाउँपालिका १÷१ गरि मंगलबारसम्ममा जिल्लामा कूल ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।
संक्रमित पुष्टि भएका मध्ये २ महिला र ५३ पुरुष गरि ५५ जनालाई राजविराजस्थित साई कृष्णा अस्पतालको आइसोलेशन कक्षमा उपचारका लागि भर्ना गराइएको उनले बताए ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवका अनुसार जिल्लामा १ हजार ९ सय ५२ क्षमताको ५७ वटा क्वारेन्टाइन केन्द्र निर्माण गरिएकोमा हाल १ हजार ६ सय ६५ जना क्वारेन्टाइनमा रहेका छन् ।
संक्रमित मध्ये ९५ प्रतिशत हालै भारतबाट घर फर्किएकाहरु रहेको जानकारी दिँदै प्रमुख यादवले भारतबाट प्रवेश गर्नेको संख्या बृद्धिसँग सँगै संक्रमित र आंशकितको संख्या समेत बढ्न थालेपछि व्यवस्थापनमा चुनौती थपिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/04 वडाअध्यक्ष साहको निधन
- 2082/05/04 राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको संघीय लोकतान्त्रिक मोर्चाको ठहर
- 2082/05/03 पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला
- 2082/05/03 प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
- 2082/05/02 “गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन
- 2082/05/02 राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
- 2082/05/01 हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
- 2082/04/28 निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ