News Category 2071/01/24
प्रधानमन्त्रीको सुस्त कार्यशैलीका कारण सरकारले सोचे जस्तो काम गर्न सकेको छैन् ः मन्त्री आचार्य
दैनिक संवाददाता
राजविराज, २३ बैशाख ।
पर्यटनमन्त्री भीमप्रसाद आचार्यले प्रधानमन्त्रीको सुस्त कार्यशैलीका कारण सरकारले सोचे जस्तो काम गर्न नसकेको बताउनुभएको छ ।
नेकपा एमाले सप्तरीले मंगलबार राजविराजमा आयोजना गरेको कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्नुहुँदै मन्त्री आचार्यले प्रधानमन्त्रीमा निर्णय क्षमताको आभाव र संकुचित बिचारका कारण सरकारले अपेक्षाकृत काम गर्न नसकेको बताउनुभयो ।
प्रधानमन्त्रीसँग सरकार सञ्चालन गर्ने अनुभव छैन्, मन्त्री आचार्यले भन्नुभयो–‘‘ प्रधानमन्त्रीसँग निर्णय क्षमता पनि छैन्, त्यसैले सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको हो ।”
उहाँले वर्तमान सरकारको पहिलो प्राथमिकता संबिधान निर्माण भएकाले अबको एकबर्षभित्र सकेसम्म सहमतिबाट नभए बहुमतिय प्रक्रियाबाट संबिधान जारी गरिने बताउनुभयो ।
कसैको कारणले अब संबिधान निर्माण प्रक्रिया रोकिदैन्, मन्त्री आचार्यले भन्नुभयो–‘‘ सहमतिको नाममा अब पर्खेर बस्न सकिदैन्, सकेसम्म सहमतिबाट संबिधान ल्याउने प्रयास हुन्छ नभए बहुमतिय प्रक्रियाबाट संबिधान ल्याईनेछ ।”
एमाओवादीको मुुलुकलाईउ अस्थिरता राख्ने राजनीति र नेपाली काँग्रेसको यथास्थितिबादी राजनीतिक चिन्तन संबिधान निर्माणका लागि बाधक रहेको बताउनुहुँदै मन्त्री आचार्यले यी दुईटैलाई सही ढंगले व्यवस्थापन गरी संबिधान जारी गर्ने बताउनुभयो ।
अरु मुलुकको नक्कल गरेर नभई मुलुकको बिशिष्टताको आधारमा संघीयतामा जानुपर्नेमा जोड दिनुहुँदै मन्त्री आचार्यले जनताको पहुँच हुनेगरी संघीय राज्य निर्माण हुनुपर्ने बताउनुभयो ।
नेकपा एमाले सप्तरीका अध्यक्ष गोबिन्द न्यौपानेको अध्यक्षतामा आयोजित भेलामा एमालेका राष्ट्रिय परिषद् सदस्यहरु सुमनराज प्याकुरेल, उषा पोखरेल, मुरारी कार्की, एमाले सप्तरीका उपाध्यक्ष अब्दुल मज्जिद साकिर लगायतले बोल्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ