News Category 2077/02/20
४० अतिविपन्न परिवारलाई राहत प्रदान
दैनिक समाचारदाता
राजविराज, २० जेठ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न नेपाल सरकारले गरेको लकडाउनका कारण विपन्न समुदायलाई खान समस्या परेको भन्दै मंगलबार ती समुदायका ४० परिवारलाई एक गैरसरकारी संस्थाले राहत प्रदान गरेको छ ।
इम्प्याक्ट नेपाल काठमाडौंले राजविराज वडा नं. ९ मलेठस्थित प्राथमिक कान उपचार केन्द्रको समन्वयमा राजविराज वडा नं. ९ मलेठका ४० अतिविपन्न, दलित, मुसहर, डोम लगायतका परिवारलाई मंगलबार राहत प्रदान गरेको हो ।
राजविराज नगरपालिका वडा नं. ९ कार्यालयको सहकार्यमा प्रति परिवार ३० किलो चामल, ३ किलो दाल, २ किलो चिनी, २ लिटर खानेतेल, २ किलो नुन र ४ थान साबुन राहत स्वरुप प्रदान गरिएको प्राथमिक कान उपचार केन्द्रका सहायक नरेश कुमार यादवले जानकारी दिएका छन् ।
सो अवसरमा वडा अध्यक्ष शम्भु प्रसाद यादव, उपचार केन्द्रका कर्मचारी, संचारकर्मी लगायतको उपस्थित रहेको थियो । यसअघि बैशाख ३१ गते यस संस्थाले राजविराज नगरपालिकालाई ७ लाख बढी मुल्य पर्ने विभिन्न स्वास्थ्य सामाग्रिहरु सहयोग गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ