News Category 2077/02/20
४० अतिविपन्न परिवारलाई राहत प्रदान
दैनिक समाचारदाता
राजविराज, २० जेठ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न नेपाल सरकारले गरेको लकडाउनका कारण विपन्न समुदायलाई खान समस्या परेको भन्दै मंगलबार ती समुदायका ४० परिवारलाई एक गैरसरकारी संस्थाले राहत प्रदान गरेको छ ।
इम्प्याक्ट नेपाल काठमाडौंले राजविराज वडा नं. ९ मलेठस्थित प्राथमिक कान उपचार केन्द्रको समन्वयमा राजविराज वडा नं. ९ मलेठका ४० अतिविपन्न, दलित, मुसहर, डोम लगायतका परिवारलाई मंगलबार राहत प्रदान गरेको हो ।
राजविराज नगरपालिका वडा नं. ९ कार्यालयको सहकार्यमा प्रति परिवार ३० किलो चामल, ३ किलो दाल, २ किलो चिनी, २ लिटर खानेतेल, २ किलो नुन र ४ थान साबुन राहत स्वरुप प्रदान गरिएको प्राथमिक कान उपचार केन्द्रका सहायक नरेश कुमार यादवले जानकारी दिएका छन् ।
सो अवसरमा वडा अध्यक्ष शम्भु प्रसाद यादव, उपचार केन्द्रका कर्मचारी, संचारकर्मी लगायतको उपस्थित रहेको थियो । यसअघि बैशाख ३१ गते यस संस्थाले राजविराज नगरपालिकालाई ७ लाख बढी मुल्य पर्ने विभिन्न स्वास्थ्य सामाग्रिहरु सहयोग गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ