News Category 2077/02/21
जग्गा सम्बन्धी विवादमा झडप हुँदा १५ जना घाइते, प्रहरीद्वारा एक दर्जन सेल अऋग्यास प्रहार
दैनिक समाचारदाता
राजविराज, २१ जेठ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. ७ हाटी टोलमा बुधबार जग्गा सम्बन्धी विवादमा झडप हुँदा १५ जना घाइते भएका छन् ।
दुई पक्षबीच भएको सो झडपले उग्ररुप लिएपछि स्थिति नियन्त्रणका लागि प्रहरीले १४ सेल अऋग्यास प्रहार गरेको र अहिले सो वडामा स्थिति नियन्त्रणमा रहेको प्रहरी नायब उपरिक्षक तिलक भारतीले जानकारी दिएका छन् ।
यता झडपमा सो वडाका जोगेन्द्र यादव, पवन साह, रमण साह, ललिता यादव, बिरेन्द्र यादव, मो. दिलसाद, मो. नजिम लगायत दुबै पक्षका गरि १५ जना घाइते भएका छन् । हाल उनीहरु सबैको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्राप्त घटना विवरण अनुसार एउटै जग्गामा दुई व्यक्तिले आ–आफ्नो दाबी गर्र्दै साँध छुट्ट्याउन बाँसको खम्बा गाड्न थालेपछि विवाद बढेको हो । एउटाले गाडेको खम्बा अर्कोले उखाल्न थालेपछि विवादले उग्ररुप लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुबै पक्ष घरेलु हतियार लिएर एकअर्का माथी आक्रमण गर्न सुरु गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ