News Category 2077/02/25
कोरोना परिक्षण (पिसिआर) ल्याब राजविराजमा संचालन

दैनिक समाचारदाता
राजविराज, २५ जेठ ।
कोरोना संक्रमितको परिक्षणका लागि सप्तरी सदरमुकाम राजविराजमा आइतबारदेखी पिसिआर स्वाब परिक्षण प्रयोगशाला संचालनमा आएको छ ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताललाई प्रदेश २ सरकारले पिसिआर परिक्षण उपकरण तथा व्यवस्थापन र कीट खरीदका लागि ५० लाख रुँपैया उपलब्ध गराएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा प्रदेश २ को सामाजिक विकास मन्त्रालयबाट खटिएको संयुक्त प्राविधिक टोलीले मेसिन जडान तथा परिक्षण कार्य सकेलगत्तै औपचारिक रुपमा पिसिआर परिक्षण कार्य सुरु भएको अस्पतालले जनाएको छ ।
पहिलो दिन राजविराज नगरपालिका तथा आसपासका विभिन्न गाउँपालिकाका क्वारेन्टाइनमा रहेका ४८ जना आशंकितको स्वाब संकलन गरि परिक्षण प्रक्रियामा गइसकेको अस्पतालका कोभिड १९ व्यवस्थापन समितिका संयोजक डा. रन्जित झाले बताए ।
अस्पताल परिसरमा रहेको दुई तल्ले भवनमा संचालनमा ल्याइएको प्रयोगशालामा जडान गरिएको पिसिआर मेशिनबाट एक पटकमा ९५ जनाको स्वाब परिक्षण गर्न सक्ने क्षमता रहेको उनले बताए ।
प्रयोगशालामा माइक्रोबायोलोजिष्ट, ल्याब असिस्टेन्ट र तालिम प्राप्त सहयोगी गरि १० जना जनशक्ति परिचालन गरिएको छ । यसअघि पिसिआर परिक्षण प्रयोगशाला नहुँदा सप्तरीबाट स्वाब संकलन गरि धरान, बिराटनगर र काठमाडौं पठाउने पर्ने तथा रिपोर्ट प्राप्त गर्न ७÷८ दिनसम्म पर्खनु पर्ने बाध्यता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ