News Category 2077/02/26
एकै दिन २३ संक्रमित थपिएसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या एक सय
दैनिक समाचारदाता
राजविराज, २६ जेठ ।
एकै दिन कोरोना संक्रमितको संख्या २३ थपिएसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या एक सय पुगेको छ ।
सोमबार राजविराज नगरपालिकाका ७ तथा बलानबिहुल गाउँपालिकाका १६ गरि २३ जनामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । यो सँगै जिल्लामा संक्रमितको संख्या ७७ बाट एक सय पुगेको हो ।
एक महिलासहित सबै पुरुष ९÷१० दिनअघि भारतबाट घर फर्केसँगै मातहतका नगरपालिका र गाउँपालिकाद्वारा निर्माण गरिएको क्वारेन्टाइनमा बस्दै आएका थिए ।
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिराटनगरस्थित कोशी अस्पतालबाट सोमबार प्राप्त परिक्षण रिपोर्टले उनीहरुमा कोरोना पोजेटिभ देखाएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले बताए ।
हालसम्म बलानबिहुल गाउँपालिकाका सर्वाधिक २७ जना, राजगढ गाउँपालिकाका १३, राजविराज नगरपालिका र डाक्नेश्वरी नगरपालिकाका १२÷१२, हनुमाननगर कंकालिनी नगरपालिकाका ६ र छिन्नमस्ता गाउँपालिकाका ५ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यस्तै शम्भुनाथ नगरपालिका, खडक नगरपालिका, सुरुङ्गा नगरपालिका, विष्णुपुर गाउँपालिका र तिरहुत गाउँपालिकाका १÷१ जनामा कोरोना संक्रमण देखिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/08/09 निरन्तरको अनुगमनले सुधारिदै पठनपाठन
- 2081/08/07 कोशी पीडितको समस्या समाधानका लागि प्रक्रिया सुरु
- 2081/08/07 विटौरी जग्गा लगायतका समस्या समाधानका लागि निर्णायक आन्दोलनमा राजनीतिक दलका प्रतिनिधि तथा पूर्व मेयरहरुको पनि एक्यबद्धता
- 2081/08/06 आर्थिक अभावले उपचार गराउन नपाएका सदाद्वारा ओच्छ्यानबाटै सहयोगको याचना
- 2081/08/06 वित्तीय संस्थामा आगो लगाइदिने भन्दै सामाजिक संजालमा पोष्ट गरेका भगत पक्राउ
- 2081/08/06 प्रहरीले विशेष अभियान चलाएपछि भन्सार छलीका सामान बरामद हुँदै
- 2081/08/05 विद्यार्थीलाई कक्षा कोठमा मोबाईल निषेध शिक्षक अनुपस्थित भए तलब भत्ता कट्टा गरिने
- 2081/08/05 शिक्षकले गरे विद्यालयको हाजिरी रजिष्टर गायव
- 2081/08/05 दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, एकले गरे काँग्रेसलाई समर्थन
- 2081/08/04 ६५ वर्षदेखी लालपूर्जाको पखाईमा रहेका नगरवासी आन्दोलनको तयारीमा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ