News Category 2077/02/27
ठूलो परिमाणको लागुऔषधसहित नक्कली स्वास्थ्यकर्मी पक्राउ
दैनिक समाचारदाता
राजविराज, २७ जेठ ।
स्वास्थ्यकर्मीको नक्कली परिचयपत्र झुण्ड्याएर ठूलो परिमाणको लागुऔषध लैजाँदै गर्दा एक व्यक्तिलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह निवासी २२ अनिलकुमार मण्डल रहेको पहरले जनाएको छ ।
बा.६७प. ४८५३ नम्बरको मोटरसाइकलमा चामलको बोरा लोड गरि राजविराजतर्फ आउँदै गरेको अवस्थामा चेकजाँचको क्रममा मण्डललाई सप्तरीको विष्णुपुर गाउँपालिकास्थित हुलाकी सडकखण्डको खुरहुरिया चौकबाट पक्राउ गरिएको हो ।
प्रहरीको चेकजाँचबाट जोगिन मण्डलले घाँटीमा स्वास्थ्यकर्मी (ल्याब असिस्टेन्ट) को नक्कली परिचयपत्र झुण्ड्याएका थिए । प्रहरीले चेकजाँचको क्रममा चामलको बोरा भित्र लुकाइ राखेको ठूलो परिमाणको प्रतिबन्धित लागु औषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उनका अनुसार चामलको बोराभित्र लागु औषध स्पासमोप्रोकसिभव क्याप्सुल ३ हजार १ सय ६८ थान र डेलेक्स डिसि २८ बोतल प्रहरीले बरामद गरेको छ । प्रहरीले चेकजाँचको क्रममा सोध्दा उनले आफू स्वास्थ्यकर्मी रहेको र क्वारेन्टाइन केन्द्रतर्फ चामल पु¥याउन जाँदै गरेको बताएका थिए । तर, शंका लागेर चेकजाँच गर्दा उनी लागु औषधको कारोबारी रहेको खुलेको प्रहरीको भनाई छ ।
एक साताअघि मात्र प्रहरीले चिनिको झोलाभित्र दश लाख रुँपैया लुकाएर ल्याउँदै गर्दा एक भारतीय नागरिकलाई पक्राउ गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ