News Category 2071/01/24
साक्षरता अभियान बारे सरोकारबालाहरुस“ग अन्तरक्रिया
दैनिक संवाददाता
राजविराज, २३ बैशाख ।
सप्तरी जिल्लामा सञ्चालित साक्षरता अभियान कार्यक्रमको सन्दर्भमा अनौपचारिक शिक्षा केन्द्रको टोलीले मंगलवार सरोकारबालाहरुसँग अन्तरक्रिया गरेको छ ।
जिल्ला शिक्षा कार्यालय सप्तरीमा आयोजित अन्तरक्रिया कार्यक्रममा अनौपचारिक शिक्षा केन्द्रका उपनिर्देशक प्रेम भट्टराईले सन २०१५ सम्ममा मुलुकबाट निरक्षर उन्मुलन गर्ने राष्ट्रिय लक्ष्यलाई पुरा गर्न साक्षरता अभियानमा माध्यमिक स्तरका बिद्यार्थीहरुलाई परिचालन गर्न लागेको बताउनुभयो ।
कक्षा ९ र १० का बिद्यार्थीहरुलाई प्रयोगात्मक बिषयको मुल्याङकन कार्यको रुपमा निरक्षरहरुलाई साक्षर बनाउने कार्यमा परिचालन गर्न निर्देशिका तयार भएर सबै जिल्ला शिक्षा कार्यालयहरुमा पठाईसकेको जानकारी दिँदै उपनिर्देशक भट्टराईले निरक्षरलाई पढाए बापत बिद्यार्थीहरुलाई प्रयोगात्मक बिषयमा दिईने २५ पुर्णाङक मध्ये १० पुर्णाङक दिने निर्देशिकामा व्यवस्था गरिएको बताउनुभयो ।
सबै पढेकाहरुले नपढेकाहरुलाई पढाउने काम भए निरक्षरता उन्मुलन गर्ने राष्ट्रिय लक्ष्य सजिलै प्राप्त हुने भएकाले यसमा सबै पक्षको सहयोग आवश्यक रहेको बताउँदै १५ बर्षदेखि ६० बर्ष उमेरका निरक्षर मानिसलाई साक्षर बनाउने लक्ष्य राखेको बताउनुभयो ।
निरक्षर मुक्त घोषणा हुने गाविसलाई रु.५० हजार, नगरपालिकालाई रु.२ लाख र जिल्ला बिकास समितिलाई रु. ५ लाख आर्थिक सहयोग गर्ने ब्यवस्था रहेको बताउनुभयो ।
सो अवसरमा शिक्षा मन्त्रालयका उपसचिव प्रेमराज खरेलले नपढेकाहरुलाई पढाईको महत्व बिस्तारै थाहा हुँदै गएको र उनीहरुमा समेत पढ्ने बानीको बिकास हुँदै गएकाले सन २०१५ सम्ममा नेपाल निरक्षरता मुक्त हुन सक्ने बिश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा सप्तरीका निमित जिल्ला शिक्षा अधिकारी शंकर प्रसाद लुईटेलले यसबर्षभित्र जिल्लाको एक नगरपालिका र १९ वटा गाविसका २८ हजार निरक्षरहरुलाई साक्षर बनाउने लक्ष्य राखेको बताउनुभयो ।
कार्यक्रममा जिल्लास्थित बिभिन्न कार्यालयका प्रमुखहरु, शिक्षक प्रतिनिधी, सञ्चारकर्मी, गाविस सचिव लगायतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ