News Category 2077/02/29
लकडाउनको सदुपयोग गर्दै स्थानियको श्रमदानबाट राजदेबीस्थित दुई सय ५० मिटर बाटो निर्माण
चन्दनकुमार यादब
राजबिराज, २९ जेठ ।
लकडाउनको समयलाई सदुपयोग गर्दै सप्तरी सदरमुकाम राजबिराज २ राजदेबी टोलका स्थानियहरूले आप्mनो १० लाखको लागत तथा श्रमदानबाट बाटो निर्माण गरेका छन् ।
राजदेबी माबि जाने बाटोदेखि उत्तर पुर्व देवनारायण झाको घरहुँदै जाने २ सय ५० मिटरको बाटोमा माटो, ग्राभेलको कार्य गरिएको हो ।
वर्षौदेखि स्थानियहरु आली भएर आवत–जावत गर्नुपर्ने बाध्यता रहेकोमा त्यहाँका ११ जना घरपरिवारका सदस्यहरूले आप्mनो श्रमदानवाट सो बाटो निर्माण गरेका हुन ।
.jpg)
तीन बर्षदेखि राजबिराज नगरपालिका र वडा कार्यालयलाई बाटो निर्माणका लागी स्थानियहरूले पटक पटक आग्रह गरेपनि बाटो निर्माणका लागि ध्यान नदिएपछि आप्mनो श्रमदानवाट बाटो निर्माण गरिएको स्थानिय उदयकान्त झाको भनाई छ ।
राजनीतिक प्रतिषोधका कारण यस बस्तीमा बिकासिय योजना नपरेको स्थानिय देव नारायण झाले आरोप लगाउँदै भने, “ईच्छा शक्ति भए असम्भवलाई पनि सम्भव बनाउने सकिन्छ ।”
स्थानिय देबकुमार यादब, देव नारायण झाको घरदेखि उदयकान्त झा, दुःखन यादबलगायत बिनोद मण्डलको घरसम्मको दुई सय ५० मिटरको बाटो निर्माण गर्न दुई महिना समय लागेको दुःखन यादबले जानकारी दिए ।
करिब तिन सय मिटर नजिकै रहेको राजदेबी मन्दिर, बसपार्क, राजदेबी चौकसम्म अर्को घुमाउरो र आलीबाट जानुपर्ने बाध्यताको अन्त भएकोमा त्यहाका स्थानियहरु हर्षित भएका छन् ।
बाटो निर्माणका लागि श्रमदान सँगै आवश्यक उपकरण र माटो डुवानीका लागि प्रयोग गरिने ट्«याक्टको भाडा खर्च आदी जुटाउन चन्दा संकलन समेत गरेर बाटो निर्माण कार्य गरेको स्थानिय उदयकान्त झाको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ