News Category 2077/03/01
आजदेखी दुई शिफ्टमा कार्यालय संचालन
दैनिक समाचारदाता
राजविराज, ३२ जेठ ।
महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विगत तीन महिनादेखी बन्द जस्तै रहेको सरकारी कार्यालयहरु असार १ गते सोमबारदेखी दुई शिफ्टमा संचालन हुने भएको छ ।
सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्न गत चैत ११ गतेदेखी गरेको लकडाउनका कारण दैनिक जिवन निकै कष्ठकर बन्दै गएको अवस्थामा अतिआवश्यक कामसमेत प्रभावित बनेको छ ।
सोही बाध्यतालाई मध्यनजर गर्दै सरकारले असार १ गतेदेखी दैनिक रुपमा कार्यालयहरुलाई दुई शिफ्ट बिहान ८ बजेदेखी दिउँसो १ बजेसम्म र दिउँसो १ बजेदेखी साँझ ६ बजेसम्म संचालन गर्न अनुमति दिएको हो ।
यसैबीच जिल्ला प्रशासन कार्यालय सप्तरीले सोही विषयमा जानकारी दिने उद्देश्यले दुई शिफ्टमा हुने कार्य सम्बन्धी आइतबार सूचना प्रकाशित गरि जानकारी दिएको छ । जसमा पहिलो शिफ्टमा नयाँ नागरिकता, अभिलेख, राहदानी र दोश्रो शिफ्टमा नागरिकता प्रतिलिपि, अभिलेख, मुद्दा (ठाडो उजुरीसमेत) लेखा र प्रशासन (सवारी पाससमेत) शाखाको कार्य संचालन हुने सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेद्वारा जारि सूचनामा उल्लेख छ ।
यस्तै कार्यालयमा भिडभाड हुन नदिन सेवाग्राहीसँग आग्रह गर्दै आवश्यक परे कोटा प्रणाली वा टोकन प्रणाली लागु गर्न सकिने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ