News Category 2077/03/01

सात वर्षपछि बहुविवाहका प्रतिवादी पक्राउ

दैनिक समाचारदाता

सात वर्षपछि बहुविवाहका प्रतिवादी पक्राउ

दैनिक समाचारदाता
राजविराज, १ असार ।
    अदालतबाट कैद सजाय तोकी फरार रहेका बहुविवाह मुद्दाका एक प्रतिवादीलाई सात वर्षपछि प्रहरीले पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा सप्तरीको बोदेबसाईन नगरपालिका ९ बस्ने २७ वर्षिय विश्वनाथ साह छन् । प्रहरीका अनुसार २०७० साल माघ १२ गते सप्तरी जिल्ला अदालतबाट बहुविवाह मुद्दामा कैद सजाय तोकिएका साह कैद सजाय भुक्तान नगरि फरार भएका थिए । 
    उनी घरमै लुकी बसेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कडोरबोनाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिलला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    आइतबार पक्राउ परेका साहलाई सोमबार सप्तरी जिल्ला अदालतमा उपस्थित गराई आवश्यक कानुनी प्रक्रिया पुरा गरि कारागार चलान गरिएको प्रहरी नायब उपरिक्षक तिलक भारतीले जानकारी दिएका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट