News Category 2077/03/02
विभिन्न माँगसहित काँग्रेसद्वारा प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, २ असार ।
नेपाली काँग्रेस सप्तरीले मापदण्ड विपरीतका क्वारेन्टाइन संचालनमा रहेको, पिसिआर परिक्षण सुस्त गतिमा भइरहेको तथा विपन्न नागरिक भोकभोकै बस्न बाध्य भएको लगायतका विभिन्न माँगसहित मंगलबार प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएको छ ।
राजविराजस्थित पार्टी कार्यालयबाट काँग्रेस सभापति दिनेश कुमार यादवको नेतृत्वमा निस्केको जुलुस बजार परिक्रमा पश्चात् प्रमुख जिल्ला अधिकारी शंकर आचार्यमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
सभापति यादवले जनताको सरोकार र आवश्यकताको विषयलाई सम्बोधन गराउन तत्काल चाल्नु पर्ने कदमका सम्बन्धमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउन पत्र बुझाएको बताए ।
कोरोना भाइरस संक्रमणका कारण बनेको परिस्थितीबारे ध्यनाकर्षण गराउन नेपाली काँग्रेसले मंगलबार देशैभर प्रदर्शनसहित ध्यानाकर्षण पत्र बुझाएको सो पार्टीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ