News Category 2077/03/02
अघोषित नाकाबन्दी गरेको भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
दैनिक समाचारदाता
राजविराज, २ असार ।
विगत २४ दिनदेखी अघोषित नाकाबन्दीमा परेको भन्दै सप्तरीको तिरहुत गाउँपालिका ४ दलित बस्तीका बासिन्दाहरुले मंगलबार न्यायका लागि पहल गरिदिन राष्ट्रिय मानवअधिकार आयोगदेखी प्रधानमन्त्रीसम्मलाई ध्यानाकर्षण पत्र पठाएको छ ।
पीडितहरुले राजविराजमा प्रदर्शन पश्चात् प्रमुख जिल्ला अधिकारी शंकर आचार्यमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएका हुन् ।
उक्त गाउँपालिकाका एक पक्षले जेठ ५ गतेदेखी अघोषित नाकाबन्दी गर्दा आफूहरु समस्यामा परेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । उक्त बस्तीमा ५० घरधुरी दलित परिवार छन् ।
पीडितहरुद्वारा गठित संघर्ष समितिका संयोजक सुकराती रामद्वारा बुझाइएको ध्यानाकर्षण पत्रमा गाउँ–ब्लकको जग्गामा बर्षौदेखी बसोवास गर्दै आएको विपन्न दलितको उठिवास गराउन एकपक्ष सक्रिय रहेको र पछिल्लो पटक बस्तीको चारैतिरबाट टाट र बाँसको ढाटले घेरवार गरि आबद्ध जावत नै ठप्प बनाएको उल्लेख गरिएको छ ।
यसरी चारैतिरबाट घेरिएपछि अत्यावशक सामाग्रि खरीदका लागि आवतजावत समेत गर्न कठिन भएको उल्लेख गर्दै ज्ञापनपत्र मार्फत यसरी घेरिएको बस्ती अविलम्ब खोल्ने व्यवस्था मिलाईदिन आग्रह गरिएको छ । ज्ञापनपत्र मार्फत अघोषित नाकाबन्दी अविलम्ब खोलाउन पहल नगरिए असार ११ गतेदेखी अनिश्चितकालिन अनसनमा बस्ने जानकारी समेत गराइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ