News Category 2077/03/03
सरकारबिरुद्ध यूवाहरुको प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, ३ असार ।
कोरोना भाइरस महामारी बिरुद्ध सरकारको प्रयास कमजोर रहेको तथा अव्यवस्थित क्वारेन्टाइनका कारण विभिन्न घटना हुन थालेको भन्दै बुधबार राजविराजमा यूवाहरुले प्रदर्शन गरेका छन् ।
यूवाहरुले नयाँ नक्साका लागि धन्यवाद छ सरकार, अब द्रुत गतिमा अघि बढाऊ पिसिआर, मापदण्ड विपरीतका क्वारेन्टाइन बन्द गर लगायतका नाराहरु लखिएका प्ले कार्डसहित बजार क्षेत्र परिक्रममा गरेका थिए ।
प्रदर्शनमा सहभागिहरुले कोरोना भाइरस महामारी राकेथाम तथा नियन्त्रणमा ध्यान नदिई सरकार भ्रष्टचारमा लिप्त रहेको तथा मापदण्ड विपरीतका क्वारेन्टाइन निर्माणका कारण क्वारेन्टाइन नै संक्रमण बढाउने र अपराधको कारखाना बन्दै गएको बताए ।

उनीहरुले सुस्त गतिमा भइरहेको पिसिआर परिक्षणमा तिब्रता दिनु पर्ने तथा कोरोना जोखिम नियन्त्रणका लागि खडा गरिएको कोषबाट भएको सम्पूर्ण आम्दानी र खर्च विवरण सार्वजनिक गर्नुपर्ने माँग समेत गरेका छन् ।
स्थानिय राजरंगशालाबाट सामाजिक दुरी कायम गर्दै सुरु भएको प्रदर्शन नगरको विभिन्न भागको परिक्रमा पश्चात् गजेन्द्र चौकमा पुगि सरकारबिरुद्ध प्ले कार्डसहित प्रदर्शन गरेका थिए ।
अघिल्लो दिन नेपाली काँग्रेसले पनि अस्तव्यस्त बनेको क्वारेन्टाइनलाई व्यवस्थित गर्नु पर्ने तथा लकडाउनले बेहाल बनेका जनताको आवश्यकताका विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्न प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पठाएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ