News Category 2077/03/03
सरकारबिरुद्ध यूवाहरुको प्रदर्शन

दैनिक समाचारदाता
राजविराज, ३ असार ।
कोरोना भाइरस महामारी बिरुद्ध सरकारको प्रयास कमजोर रहेको तथा अव्यवस्थित क्वारेन्टाइनका कारण विभिन्न घटना हुन थालेको भन्दै बुधबार राजविराजमा यूवाहरुले प्रदर्शन गरेका छन् ।
यूवाहरुले नयाँ नक्साका लागि धन्यवाद छ सरकार, अब द्रुत गतिमा अघि बढाऊ पिसिआर, मापदण्ड विपरीतका क्वारेन्टाइन बन्द गर लगायतका नाराहरु लखिएका प्ले कार्डसहित बजार क्षेत्र परिक्रममा गरेका थिए ।
प्रदर्शनमा सहभागिहरुले कोरोना भाइरस महामारी राकेथाम तथा नियन्त्रणमा ध्यान नदिई सरकार भ्रष्टचारमा लिप्त रहेको तथा मापदण्ड विपरीतका क्वारेन्टाइन निर्माणका कारण क्वारेन्टाइन नै संक्रमण बढाउने र अपराधको कारखाना बन्दै गएको बताए ।
उनीहरुले सुस्त गतिमा भइरहेको पिसिआर परिक्षणमा तिब्रता दिनु पर्ने तथा कोरोना जोखिम नियन्त्रणका लागि खडा गरिएको कोषबाट भएको सम्पूर्ण आम्दानी र खर्च विवरण सार्वजनिक गर्नुपर्ने माँग समेत गरेका छन् ।
स्थानिय राजरंगशालाबाट सामाजिक दुरी कायम गर्दै सुरु भएको प्रदर्शन नगरको विभिन्न भागको परिक्रमा पश्चात् गजेन्द्र चौकमा पुगि सरकारबिरुद्ध प्ले कार्डसहित प्रदर्शन गरेका थिए ।
अघिल्लो दिन नेपाली काँग्रेसले पनि अस्तव्यस्त बनेको क्वारेन्टाइनलाई व्यवस्थित गर्नु पर्ने तथा लकडाउनले बेहाल बनेका जनताको आवश्यकताका विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्न प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पठाएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ