News Category 2071/01/26
सप्तरीमा दुई नगरपालिका थपिए
दैनिक संवाददाता
राजविराज, २५ बैशाख ।
सरकारले बिहीवार गरेको घोषणा गरेको थप ७२ वटा नगरपालिका मध्ये सप्तरीमा दुई वटा नगरपालिका थपिएको छ । यो सँगै अब देशभरि १ सय ३० नगरपालिका भएको छ ।
सरकारले घोषणा गरेको नयाँ नगरपालिकामा सप्तरीको कञ्चनपुर रुपनगर नगरपालिका र शम्भुनाथ नगरपालिका परेको छ ।
कञ्चनपुर रुपनगर नगरपालिकामा ९ वटा गाविस समेटिएको छ भने शम्भुनाथ नगरपालिकामा ६ वटा गाविसलाई समेटिएको छ ।
कञ्चनपुर नगरपालिकामा कञ्चनपुर गाविससहित घोघनपुर, धरमपुर, बरमझिया, बदगामा, रुपनगर, पिप्रापुर्व, जगतपुर र ठेलिया गाविसलाई समेटिएको छ भने शम्भुनाथ नगरपालिकामा मोहनपुर, भंगहा, शम्भुनाथ, बसबलपुर, रामपुर जमुवा र खोक्सर प्रवाहा गाविसलाई समेटिएको जनाएको छ ।
नयाँ घोषणा गरिएको कञ्चनपुर रुपनगर नगरपालिकामा ४८ सय ६ सय ९१ जनसंख्या रहेको छ भने शम्भुनाथ नगरपालिकामा ३० हजार २ सय ७ जनसंख्या रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ