News Category 2077/03/03
कोरोना भाइरसबाट विश्वमा ४ लाख ४६ हजारभन्दा बढीको मृत्यु, ८२ लाख ६५ हजारभन्दा बढी संक्रमित
जेनेभा स्वीट्जरल्याण्ड, ३ असार (रासस÷एएफपी) ।
कोभिड– १९ बाट विश्वभर मृत्यु हुने व्यक्तिको सङ्ख्या चार लाख ४६ हजार १८० पुगेको छ । साथै यस सङ्क्रमणबाट विश्वभर ८२ लाख ६५ हजार ९३२ जना सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । नेपाली समयानुसार बुधबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४३ लाख २३ हजार ७३ जना निको भएका छन्.। हाल विश्वभरमा कोरोना भाइरस सङ्क्रमित करिब ३५ लाख व्यक्ति उपचाररत रहेका छन् । सङ्क्रमितहरुमा ५४ हजार ५९२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र २२ लाख आठ हजार ४०० जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख १९ हजार १३२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । दक्षिण अमेरिकामा १५ लाख १४ हजार ४९८ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ६३ हजार २९० जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २५ लाख ४५ हजार २३१ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख ४७ हजार ८९५ जनाको मृत्यु भएको छ ।
युरोपमा २२ लाख ३५ हजार ९७० जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने एक लाख ८३ हजार ९९८ को मृत्यु भएको छ । एसियामा १६ लाख ९८ हजार ५९९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने, ४३ हजार ८१२ जनाको मृत्यु भएको छ । अफ्रिकामा २ लाख ६१ हजार ९३९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ७ हजार ४६ जनाको मृत्यु भएको छ । ओसियानामा ८ हजार ९८३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/10/08 चिसोले मधेशको जनजीवन कष्टकर, एकको मृत्यु
- 2081/10/08 लक्ष्मीपुरमा विद्युत प्राधिकरणको फ्युज सेवा र महसुल काउण्टर स्थापना
- 2081/10/08 भन्सार छली ल्याइएका किराना समानसहित अटो प्रहरी नियन्त्रणमा
- 2081/10/08 राष्ट्रिय मुक्ति पार्टी नेपालले निर्वाचन आयोगबाट पायो प्रमाणपत्र
- 2081/10/08 आयोजक सन्यासी क्लब छैठो मेयरकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा
- 2081/10/08 २० बुंदे माँग अघि सार्दै मलाह समुदायद्वारा अनिश्चितकालिन रिले अनशनको घोषणा
- 2081/10/06 मधेश प्रदेशमा दुई वर्षमा ९ हजार भन्दा बढी लैङ्गिक हिंसाका घटना
- 2081/10/06 भ्रामक प्रचार प्रसार गर्दै डिलर ठग्दै प्रमुख डिलर
- 2081/10/06 दश रुँपैया जरिवाना गरिएका महिलासहित ८ फरार प्रतिवादी पक्राउ
- 2081/10/05 एकै दिन तीन शैक्षिक संरचनाको शिलान्यास, शिक्षा बिना मुलुकको विकास सम्भव छैन् ः मन्त्री साह
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ