News Category 2077/03/04
हरियाली प्रवद्र्धृन र वन क्षेत्र बिस्तारका लागि ५० हजार बिरुवा निशुल्क बितरण
दैनिक समाचारदाता
राजविराज, ४ असार ।
डिभिजन वन कार्यालय सप्तरीले हरियाली प्रवद्र्धन र वन क्षेत्र बिस्तारका लागि नेपाल सरकारको राष्ट्रिय वृक्षारोपण अभियानमा सघाउँन विभिन्न जातका ५० हजार बिरुवा निशुल्क बितरण कार्यक्रम संचालनमा ल्याएको छ ।
विभिन्न फलफुलका ५० हजार बिरुवा निशुल्क बितरण गर्ने लक्ष्य लिएर सोमबारदेखी सुरु गरिएको कार्यक्रम अन्तरगत बिहीबारसम्म ४१ हजार ५ सय बिरुवा बितरण गरिसकिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
यसरी बितरण भइरहेको बिरुवाहरुमा आँप, लिच्चि, कागती, महगनी, टिक, खयर, धुपी जस्ता ३२ थरिका बिरुवा रहेको डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सन्तोष कुमार झाले जानकारी दिएका छन् । राजविराजका साथै जिल्लाको कंचनपुर, महुली, रुपनी, कल्याणपुर र दौलतपुरस्थित सवडिभिजन कार्यालय मार्फत पनि सामाजिक दुरी कायम गराउँदै निशुल्क बिरुवा बितरण कार्य भइरहेको उनले बताए ।
यसका अतिरिक्त कदमाह, सितापुर, तिलाठी, पत्थरगाढा लगायतका स्थानमा रहेका नर्सरीबाट समेत इच्छुक कृषकलाई बिरुवा निशुल्क उपलब्ध गराउन थालिएको उनको भनाई छ ।
वन क्षेत्र निकै कम रहेको जिल्लामा वन क्षेत्र विकास र बिस्तारका लागि वन अतिक्रमण नियन्त्रण, बृक्षारोपन, जिपिकोपार्जनका लागि बैकल्पिक कार्यक्रम र सामाजिक सशक्तिकरण लगायतका कार्यक्रम प्राभमिक्ताका साथ अघि बढाइएको रेन्जर लक्ष्मण साफीले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ