News Category 2077/03/05

सप्तरीमा एक बालकसहित थप ४ जनामा कोरोना संक्रमण

दैनिक समाचारदाता

सप्तरीमा एक बालकसहित थप ४ जनामा कोरोना संक्रमण

दैनिक समाचारदाता
राजविराज, ५ असार । 
    सप्तरी जिल्लामा शुक्रबार एक बालक, एक महिला र दुई पुरुषसहित चारजनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यससँगै सप्तरीमा कोरोना संक्रमितको संख्या १ सय ५४ पुगेको छ । 
    पछिल्लो पटक सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकी ५० बर्षिय महिला, सोही नगरपालिकाको ११ बर्षिय बालक र १६ बर्षिय किशोर तथा ४० बर्षिय पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।
    यसअघि सप्तरीमा ५७ जना कोरोनाबाट निको भइ घर फर्किएको गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले जानकारी दिएका छन् । 
    यता शुक्रबार मुलुकभरी थप ४ सय २६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ ।
    शुक्रबार २ सय १६ जना डिस्चार्ज भएका छन् भने हालसम्म १ हजार ४ सय २ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट