News Category 2077/03/05
सर्पदंशबाट दुई दिनमा दुईको मृत्यु, चार घाइते
दैनिक समाचारदाता
राजविराज, ५ असार ।
कोरोना संक्रमणसँगै सप्तरीमा सर्पदंशको घटनामा पनि बृद्धि भएको छ । दुई दिन यता सर्पको डसाईबाट दुई महिलाको मृत्यु भएको छ भने शुक्रबार एकै दिन दुई महिलासहित चार जना सर्पको डसाईमा परेका छन् ।
उनीहरु सबैको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । बिहीबार जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका बनरझुल्ला टोलकी १९ वर्षिया कंचनकुमारी रायको सर्पदंशबाट मृत्यु भएको थियो ।
शुक्रबार भने सर्पले डसेर भर्ना भएकी राजविराज नगरपालिका ९ मलेठ की ४० वर्षिया सरस्वती मेहताको उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै शुक्रबारै सर्पले डसेर उपचारका लागि भर्ना हुनेहरुमा राजविराज नगरपालिका ११ की पुष्पा मण्डल, राजगढ गाउँपालिका ३ की प्रमिला यादव, डाक्नेश्वरी नगरपालिका ७ का रामकुमार मण्डल र अग्निसाइर कृष्णासवरण गाउँपालिका ३ का महिनारायण चौधरी छन् ।
अस्पतालका मेडिकल सुरपरिटेन्डेन्ट डा. रन्जित झाले उनीहरुको अवस्था खतरामुक्त रहेको बताउँदै सर्पदंशको घटना ह्वातै बढेपछि अस्पतालमा एन्टी स्नेकभेनम नामक औषधी स्टक गरिएको जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ