News Category 2071/01/26
सप्तरीका आधा दर्जन सरकारी कार्यालयमा प्रमुख छैनन्
दैनिक संवाददाता
राजविराज, २५ बैशाख ।
जिल्ला प्रशासन कार्यालय सप्तरी लगायत आधा दर्जन भन्दा बढी सरकारी कार्यालयहरुमा कार्यालय प्रमुख नहुँदा कामकाज प्रभावित बनेको छ ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला बिकास समिति, जिल्ला शिक्षा कार्यालय, जिल्ला प्राबिधिक कार्यालय, मालपोत कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल अहिले प्रमुख बिहीन रहेका छन् ।
यी मध्ये जिल्ला विकास समितिको कार्यालय, प्राविधिक कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र अंचल अस्पताल लामो समयदेखि निमित्तको भरमा सञ्चालन हुँदै आएको छ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी रामाधिन यादव अनिवार्य अवकाश पाएपछि अहिले सहायक प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुँबरले निमित्त प्रजिअको कार्यभार साम्हाल्दै आउनुभएको छ । यद्दपी उहाँको पनि सरुवा भइसकेको छ ।
यस्तै स्थानिय बिकास अधिकारी कृष्ण प्रसाद सापकोटा मन्त्रालयमा काजमा गएपछि करिब दुई महिनादेखि योजना अनुगमन तथा प्रशासनिक अधिकृत सुरेश कुमार राउतले निमित्त स्थानिय बिकास अधिकारीको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।
जिल्ला शिक्षा अधिकारी रुद्रहरी भण्डारी शिक्षा बिभागमा काजमा गएपछि सहायक जिल्ला शिक्षा अधिकारी शंकर प्रसाद लुईटेलले निमित्त जिल्ला शिक्षा अधिकारीको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ भने मालपोत कार्यालयका प्रमुख अर्जुन निरौला पनि काजमा बिभाग गएका कारण शाखा अधिकृत सरयुगलाल दासले निमित्त प्रमुखको कार्यभार सम्हाल्दै आएनुभएको कर्मचारीहरुले बताएका छन् ।
यता प्राविधिक कार्यालय पनि लामो समयदेखी निमित्त कै भरमा चलिरहेको छ भने अंचल अस्पताल एक दशकदेखी नै निमित्तबाट नै संचालन भइरहेको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पनि सोही समस्याबाट गज्रिरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ