News Category 2077/03/07
निर्णय सच्याउन माँग गर्दै काँग्रेस, जसपा र जनमत पार्टीको प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, ७ असार ।
विदेशी नागरिक बुहारी बनेर भित्रिएको सात वर्षपछि मात्र नागरिकता दिने सत्ताधारी दल नेकपाको निर्णयको बिरोध गर्दै आइतबार राजविराजमा प्रदर्शन गरिएको छ ।
नेपाली काँग्रेस, जनता समाजवादी पार्टी र जनमत पार्टीले छुट्टाछुट्टै रुपमा बिरोध प्रदर्शन गरेका छन् ।
नेपाली काँग्रेस सप्तरीको कार्यालयबाट निस्केको बिरोध प्रदर्शनमा सरकार तथा सत्ताधारी दल नेकपा बिरुद्ध चर्को नाराबाजी गर्दै राजविराज बजार क्षेत्र परिक्रमा गरेको थियो ।

सभापति दिनेश कुमार यादवले नेकपा सचिवालयले सत्ताको लोभ र दुई तिहाईको दम्भमा बिदेशी महिलालाई विवाहको सात वर्षपछि मात्र बैवाहिक अंगिकृत नागरिकता दिइने निर्णय गरेको बताए । उनले उक्त निर्णय नसच्याए नेपाली काँग्रेस आन्दोलनका सशक्त कार्यक्रमका साथ अगाडी बढ्ने चेतावनी समेत दिए ।
यता राजविराजस्थित शिवमन्दिरको प्राङ्गणबाट निस्केको जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरु सम्मिलित बिरोध प्रदर्शनमा सरकार बिरुद्ध चर्का नाराबाजी गर्दै निर्णय फिर्ता लिन आग्रह गरेको छ ।
जनता समाजवादी पार्टीका नेता दिनेश कुमार यादवले नेकपाको निर्णय मधेश बिरोधी तथा भारतसँगको बैवाहिक, साँस्कृतिक तथा रोटीबेटीको सम्बन्धमा असर पार्ने खालको भएको भन्दै नेकपाले सो निर्णय नसच्याए सशक्त आन्दोलनको गर्ने चेतावनी दिए ।

यस्तै सिके राउत नेतृत्वको जनमत पार्टीले पनि आइतबारै सत्ताधारी दल नेकपाले बिदेशी नागरिक बुहारी बनेर भित्रिएको सात वर्षपछि मात्र नागरिकता दिइने सम्बन्धी गरेको निर्णय मधेशी बिरोधी भएको भन्दै बिरोध प्रदर्शन गरेका छन् । जनमत पार्टीका नेताहरुले समेत नेकपाले नागरिकता संशोधन सम्बन्धी गरेको निर्णय नसच्याए आन्दोलन मार्फत निर्णय सच्याउन बाध्य पार्ने चेतावनी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ