News Category 2077/03/08
प्रदेश २ का कृषि मन्त्री साहद्वारा संघीय सरकारलाई किसानहरुप्रति गम्भिर हुन आग्रह
दैनिक समाचारदाता
राजविराज, ८ असार ।
प्रदेश २ का भूमि व्यवस्था, कृषि सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले अहिले धान रोपाईका बेला उचित र आवश्यक परिमाणमा मलखाद प्राप्त नहुँदा किसानहरूको चिन्ता र चासोप्रति अत्यन्त संवेदनशील रहेको बताएका छन् ।
मन्त्री साहद्वारा सोमबार हस्ताक्षरित जारी विज्ञप्तीमा संघीय सरकारले हालसम्म आपूर्ति गरेको मल आवश्यक भन्दा निकै कम मात्रामा प्राप्त भएको जनाइएको छ । विज्ञप्ति मार्फत आपूर्ति हुन लागिएको १२ हजार मेट्रिक टन मल यसै प्रदेशमा खपत गराउने व्यवस्थाका लागि समेत संघीय सरकारसँग आग्रह गरिएको छ ।
जारि प्रेस विज्ञप्ती जारी मलखाद लगायत कृषिजन्य उत्पादन प्रणाली सुचारु गर्ने सामग्री र पूर्वाधारको सहज तथा सुलभ उपलब्धको लागि संघीय सरकारलाई ध्यानकृष्ट गराएका छन् । प्रदेश २ को धान उत्पादन अग्रपंक्तिमा रहेकोले धान उत्पादनमा प्रयोग हुने मलखादको नियमित आपूर्तिका लागि संघीय सरकारलाई थप गम्भीर बन्न संघीय सरकारलाई आग्रह गरिएको छ ।
माटोको उर्वरा शक्तिमा ह्रास, सिँचाइका लागि अपर्याप्त संरचना, हाइब्रिड बीउको बढ्दो प्रयोग तथा पारिस्थितिकीय प्रणालीमा परेको प्रतिकूल लगायतको असरले तराई मधेसमा खेतीकिसानी कार्य अत्यन्त कष्टप्रद र चुनौतीपूर्ण हुँदै गएको उल्लेख गरिएको छ ।
मलखादको आयात तथा बिक्री वितरण लगायतका कार्य संघीय सरकारमा अधिकार निहित रहेको स्मरण गराउँदै मन्त्री साहले विज्ञप्तीमा किसानहरूले समयमा मलखाद र बीउबिजन नपाउँदा उत्पादन लागत बढ्ने, उत्पादित सामग्रीको परिमाण कम हुने र प्रतिफल प्राप्तिमा कठिनाइ हुने समस्या वर्षौंदेखि रहँदै आएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ