News Category 2071/01/29
तीन जिशिअसहित १४ जनामाथी विशेष अदालतमा मुद्दा दायर
दैनिक संवाददाता
राजविराज, २८ बैशाख ।
भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय सप्तरीमा कार्यरत तत्कालिन तीन जिशिअसहित १४ जनामाथी विशेष अदालतमा आइतबार मुद्दाम दायर गरेको छ ।
सप्तरीका तत्कालिन जिशिअहरु केदार तिवारी, शत्रुधन प्रसाद यादव, दोलराज पाण्डेविरुद्ध अख्तियारले विशेषमा मुद्दा दायर गरेको हो ।
यस्तै लेखापाल गणेश कटुवाल, श्रोतव्यक्ति सुनीलकुमार प्रसाद, सव–इन्जिनियरहरु योगेशकुमार साह, उपेन्द्रप्रसाद साह, भुपेन्द्र प्रसाद यादव, हालका निमित्त प्रधानाध्यापक सत्यनारायण पासवान र तत्कालिन प्रधानाध्यापक चन्द्रदेवकुमार यादव, लेखाअधिकृत कामेश्वर साह, सव–इन्जिनियर विनोदकुमार सिंह, कार्यक्र अधिकृत विजयकुमार मण्डल र श्रोतव्यक्ति रासिन्द्रप्रसाद यादवविरुद्ध समेत मुद्धा दायर भएको छ ।
पक्राउ परेकाहरुले आर्थिक बर्ष २०६४÷०६५ देखि २०६८÷०६९ सम्ममा सप्तरीको गम्हरिया प्रवाहस्थित नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयमा भौतिक संरचना निर्माण, मर्मत, कम्प्युटर खरिद, समुदाय व्यवस्थापन, छात्रबृति बितरण, खाजा बितरण लगायतका शिर्षकमा निकासा भएको रकम हिनामिना गरेको अख्तियारले आरोप लगाएको छ ।
४९ लाख ५२ हजार १ सय ५२ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिमको सजाय मागदाबी लिई आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ । यता अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले सप्तरीका अन्य बिद्यालयहरुमा भएको भ्रष्टाचारको बिषयमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
यसअघि बिद्यालयको २९ लाख भन्दा बढी रकम भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले गत २०६९ माघ २ गते सप्तरीको बिसहरिया–४ स्थित महावीर माध्यमिक विद्यालयका प्रधानाध्यापक अशोककुमार यादव र बिद्यालयमा आएको ९ लाख रुपैयाँ अनियमिता गरेको भन्दै सप्तरीको भगवतपुर गाविसस्थित भगवती राप्राविका प्रअ नागेश्वर मण्डलबिरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
- 2082/10/13 विपन्न विद्यार्थीहरुलाई झोला तथा स्टेशनरी वितरण
- 2082/10/13 नेशनल प्याब्सन सप्तरीका पुर्व अध्यक्ष साहको निधन
- 2082/10/13 रहेनन् पुराना काँग्रेसी भरत
- 2082/10/11 सप्तरीमा १ सय २ मध्ये २० जना महिला उम्मेदवार, पार्टीको टिकटबाट मात्र ७ जना तथा १३ जनाको स्वतन्त्र उम्मेदवारी
- 2082/10/09 सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा रोचक प्रतिष्पर्धा हुने
- 2082/10/09 क्षेत्र नं. ४ बाट दुई जनाले लिए उम्मेदवारी फिर्ता
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ