News Category 2077/03/10
समाजसेवी जवाहरले राहत बितरण कार्यलाई निरन्तरता दिँदै
दैनिक समाचारदाता
राजविराज, १० असार ।
सप्तरीका एक किसानले कोरोनाकालमा भएको लकडाउनको अवधीमा समस्यामा परेकाहरुलाई विगत आफ्नै लगानी नियमित राहत बितरणमा लागिपरेका छन् ।
राजविराज ९ मलेठका ५० वर्षिय जवाहर यादवले तीन महिनादेखी राहत बितरण कार्यलाई निरन्तरता दिएका छन् ।
बुधबारसम्म उनले २ सय ३७ विपन्न परिवारलाई ६ लाख ५५ हजार मुल्य बराबरको खाद्यान्न राहत स्वरुप बितरण गरिसकेका छन् । सामाजिक कार्यलाई निरन्तरता दिँदै बुधबार पनि उनले दलित बस्तीका ११ परिवारलाई चामल, दाल, खाने तेल र नुन लगायतका राहत सामाग्रि बितरण गरे ।
नेपाल सरकारले पहिलो चरणमा स्थानिय तहमार्फत एक पल्ट बाडेको राहत पाँच दिनमै सकिएपछि हातमुख जोड्न समस्या भएका बेला यादवले तीन पटक राहत प्रदान गरेका छन् ।
विपन्न परिवारलाई संकटबाट जोगाएको र यादवले बाडेको खाद्यान्नले यहाँका धेरै गरिबलाई राहत मिलेको दलित अगुवा राजविराज ९ निवासी चरित्तर सदाले बताए ।
यता समाजसेवी यादवले लकडाउनको प्रभाव अहिलेसम्म देखिएकाले त्यस्ता गरिब परिवारलाई सहयोग गर्ने कार्यलाई निरन्तरता दिइरहने र जनजिवन समान्य अवस्थामा नफर्किएसम्म क्षमताले भ्याएजति गरिब, असहायलाई सहयोग गर्ने क्रम जारि राख्ने उनको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ