News Category 2077/03/10
सप्तरीमा संक्रमितको संख्या २ सय २, निको भए १५ जना

दैनिक समाचारदाता
राजविराज, १० असार ।
सप्तरीमा बुधबार ६ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै सप्तरीमा संक्रमितको संख्या २ सय २ पुगेको छ । यसअघि अघिल्लो दिन १९ जना संक्रमित फेला परेको थियो ।
पछिल्लो पटक सप्तरीको बलानबिहुल गाउँपालिकाका ४ र बोदेबसाईन नगरपालिकाका २ गरि ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको गजेन्द्र नारायण सिंह अस्पतालका मेसु डा. रन्जित झाले जानकारी दिएका छन् ।
यस्तै बुधबारै कोरोनाबाट निको भएर ३ महिलासहित १५ जना डिस्चार्ज भएपछि जिल्लामा कोरोनाबाट निको हुनेको संख्या ९१ पुगेको छ । यता १ सय ११ जना संक्रमितको स्थानिय साईकृष्ण अस्पतालको आइसोलेशन कक्षमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले बताए ।
जिल्लाको १८ स्थानिय तहमध्ये हालसम्म १६ वटा स्थानिय तहबाट कोरोना संक्रमित फेला परिसकेका छन् । यसैबीच लकडाउन खुकुलोसँगै कोरोना संक्रमितको संख्या पनि बढ्दै गएकाले लापरवाही नगर्न तथा सुरक्षा सतर्कता अपनाउन स्थानिय प्रशासनले सबैसँग अपील समेत गरेको छ ।
यसैबीच बुधबार साँझ सम्ममा नेपालमा कोरोना संक्रमितको कुल संख्या १० हजार ७ सय २८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या २ हजार ३ सय ३८ जना रहेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ