News Category 2077/03/11

सप्तरीका संक्रमितको संख्या थपिदै, निको हुनेको संख्या ९६

दैनिक समाचारदाता

सप्तरीका संक्रमितको संख्या थपिदै, निको हुनेको संख्या ९६

दैनिक समाचारदाता
राजविराज, ११ असार । 
    सप्तरीमा बिहीबार ८ जना कोरोना संक्रमित थपिएसँगै जिल्लामा संक्रमितको संख्या २ सय ८ पुगेको छ । यसअघि बुधबार ६ जना संक्रमित फेला परेको भनिएकोमा दुई जनाको दोहोरिएर रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले बताएका छन् । 
    पछिल्लो पटक सप्तरीको तिरहुत गाउँपालिकाका ३ र छिन्नमस्ता गाउँपालिकाका ५ गरि ८ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय प्रमुख यादवले जानकारी दिए ।
    यस्तै कोरोनाबाट निको हुनेको संख्या ९६ पुगेको छ । पछिल्लो पटक बिहीबार ५ जना कोरोनाबाट निको भई डिस्चार्ज भएका छन् ।
    जिल्लाको १८ स्थानिय तहमध्ये हालसम्म १६ वटा स्थानिय तहबाट कोरोना संक्रमित फेला परिसकेका छन् । 
    यसैबीच बिहीबार साँझ सम्ममा नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ हजार १ सय ६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या २ हजार ६ सय ५० जना रहेको तथा मृत्यु हुनेको संख्या २६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट