News Category 2071/01/29
प्रहरीद्वारा विशेष अभियान संचालन
दैनिक संवाददाता
राजविराज, २८ बैशाख ।
राजविराज नगर क्षेत्रमा जथाभावी सवारी साधन पार्र्किङ्ग, मालसमान निर्माण सामाग्रि राख्ने, ठेलागाढा, साइकल पार्किङ्ग र पेटीबाट पैदल यात्री हिड्ने बारे जनचेतना फैलाउने उद्देश्यले आइतबार प्रहरीले विशेष अभियान संचालन गरेको छ ।
“नगरमा ट्राफिक व्यवस्थापन गर्न प्रहरीको विशेष अभियान” नाम दिई संचालन गरेको यस अभियान अन्तरगत आइतबार जिल्ला प्रहरी कार्यालय सप्तरीबाट ¥याली निकाली नगरको विभिन्न भागमा बटुवाहरुलाई जनचेतना दिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक राजकुमार बैदवारले जानकारी दिनुभयो ।
राजविराज नगरपालिकाको सहयोगमा संचालन भएको अभियानका क्रममा स्थानीय नगरवासीलाई जनचेतना दिई सम्भावित दुर्घटनाबाट बच्नका लागि समेत जनचेतना दिने उहाँले जानकारी दिनुभयो । विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको उक्त अभियानको सुरुवात गरिएको छ ।
बाटोमा सवारी साधन पार्र्किङ्ग, ठेलागाढा, साइकल पार्किङ्ग गर्ने सवारीधनीलाई सुरुमा सम्झाउने तथा मालसमान निर्माण सामाग्रि राख्ने व्यक्तिलाई हटाउनका लागि तीन दिनको समय दिने र त्यपछि पुनः भेटिए कारवाही प्रक्रिया अगाडी बढाउने राजविराज नगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्गले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ