News Category 2077/03/13

सप्तरीमा १ सय ७ जना कोरोनाबाट भए निको

दैनिक समाचारदाता

सप्तरीमा १ सय ७ जना कोरोनाबाट भए निको

    राजविराज÷ सप्तरीमा शनिबार थप १६ जना कोरोना संक्रमितहरु निको भएका छन् । 
    योसँगै जिल्लामा कोरोनाबाट निको हुनेको संख्या १ सय ७ पुगेको गजेन्द्र नारायण सिंह अस्पतालका मेसु डा. रन्जित झाले जानकारी दिएका छन् । 
    यता शनिबार साँझसम्म कोरोना संक्रमितको संख्या सप्तरीमा २ सय ८ नै रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले बताए । 
    यता जिल्लाको १८ स्थानिय तहमध्ये हालसम्म १६ वटा स्थानिय तहबाट कोरोना संक्रमित फेला परिसकेका छन् । 
    यसैबीच शनिबारसाँझ सम्ममा नेपालमा कोरोना संक्रमितको कुल संख्या १२ हजार ३ सय ९ पुगेको छ भने २ हजार ८ सय ३४ जना निको भएका छन् । त्यस्तै २८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट