News Category 2077/03/15
सप्तरीमा २० प्रतिशत रोपाई, ५ सय विगहामा लगाइएको धान खेत डुवानमा
दैनिक समाचारदाता
राजविराज, १५ असार ।
असार १५ लाई धान दिवसका रुपमा चिनिने गरिन्छ । यस दिन नेपालभरिका किसानहरु आ–आफ्नो खेतमा रोपाईका लागि खटेका हुन्छन् ।
सिंचाईको उचित सुविधा नपुगेको सप्तरी जिल्लामा भने यस पटक वर्षाले साथ दिएपछि सोमबार अधिकांश खेतहरुमा किसानहरु धान रोप्न व्यस्त रहेका छन् ।
रोपाईका लागि बेर्ना तयार भएको र वर्षा पनि समयमै हुँदा जिल्लाका किसानहरुमा उत्साह थपिएको तिरहुत गाउँपालिका वडा नं. १ त्रिकौलका कृषक जवाहर प्रसाद गुप्ताले बताए । यद्दपी उनले समयमै मलखाद उपलब्ध हुन नसक्दा किसानहरु समस्यामा परे पनि जेनतेन गरि धान खेती समयमै गर्न भ्याएको जानकारी समेत दिए ।
देशकै सबैभन्दा पुरानो चन्द्र नहर, कोशी पश्चिमी नहर र कोशी पम्प नहर गरि तीन तीन वटा नहरहरुबाट सिंचाई सुविधा व्यवस्था गरिए पनि मर्मत सम्भारको अभावले गर्दा कमान्ड क्षेत्र भित्र पानी पुग्न नसकेका कारण जिल्लाका अधिकांश भू–भागमा धान खेतीका लागि आकाशे भर पर्नु पर्ने अवस्था छ ।
यता लगातार एक सातादेखी भइरहेको वर्षाले गर्दा जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका किसान भने चिन्तामा डुबेका छन् । निरन्तरको वर्षाले १२ कठ्ठा जग्गामा लगाइएको धान खेती डुवानमा पर्दा आफू समस्यामा परेको तिलाठी कोइलाडी गाउँपालिका २ लोनियाका कृषक दिनेश मण्डलले बताए ।
तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिश सिंहले लगातारको वर्षासँगै खाँडो खोलाको बाढी पस्दा सकरपुरा, कोइलाडी, लौनिया, को. बसाईन र तिलाठीका गरि करिब ५ सय बिगहा जग्गामा लगाइएको धान खेती डुवानमा परेको जानकारी दिए ।
सप्तरीमा कूल ७० हजार हेक्टर खेती योग्य जग्गा रहेको छ । जसमध्ये ५९ हजार २ सय ५७ हेक्टर जग्गामा धान खेती हुँदै आएको छ । कृषि ज्ञान केन्द्र राजविराजका प्रमुख राजेन्द्र यादवका अनुसार जिल्लामा हालसम्म करिब २० प्रतिशत जग्गामा धान रोपाई भइसकेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/08/09 निरन्तरको अनुगमनले सुधारिदै पठनपाठन
- 2081/08/07 कोशी पीडितको समस्या समाधानका लागि प्रक्रिया सुरु
- 2081/08/07 विटौरी जग्गा लगायतका समस्या समाधानका लागि निर्णायक आन्दोलनमा राजनीतिक दलका प्रतिनिधि तथा पूर्व मेयरहरुको पनि एक्यबद्धता
- 2081/08/06 आर्थिक अभावले उपचार गराउन नपाएका सदाद्वारा ओच्छ्यानबाटै सहयोगको याचना
- 2081/08/06 वित्तीय संस्थामा आगो लगाइदिने भन्दै सामाजिक संजालमा पोष्ट गरेका भगत पक्राउ
- 2081/08/06 प्रहरीले विशेष अभियान चलाएपछि भन्सार छलीका सामान बरामद हुँदै
- 2081/08/05 विद्यार्थीलाई कक्षा कोठमा मोबाईल निषेध शिक्षक अनुपस्थित भए तलब भत्ता कट्टा गरिने
- 2081/08/05 शिक्षकले गरे विद्यालयको हाजिरी रजिष्टर गायव
- 2081/08/05 दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, एकले गरे काँग्रेसलाई समर्थन
- 2081/08/04 ६५ वर्षदेखी लालपूर्जाको पखाईमा रहेका नगरवासी आन्दोलनको तयारीमा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ