News Category 2077/03/16
जसपाद्वारा नागरिकता विधेयक विरुद्घ प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, १६ असार ।
नागरिकता संशोधन विधेयक विरुद्घ जनता समाजवादी पार्टीले मंगलबार देशभरी प्रदर्शन गरेको छ ।
सो पार्टीले सप्तरीमा बिशाल प्रदर्शन गरेको छ । प्रदेश मन्त्री, पार्टीका केन्द्रिय पदाधिकारी, निर्वाचित जनप्रतिनिधि, जिल्ला नेतालगायतको सहभागीतामा सो विरोध प्रदर्शन गरिएको हो ।
वैवाहिक अगिकृत नागरिकताको ७ बर्षे प्रावधान खारेज गर्न, महिलासँगको विभेद अन्त्य गर्न, बेटीरोटीको सम्बन्ध विगार्न नपाइने, मधेशी माथिको अत्याचार बन्द गर्न लगायतको माँग गर्दै बिरोध जुलुस नगरको विभिन्न स्थानको परिक्रमा गरेको थियो ।
सो क्रममा सहभागिहरुले प्रधानमन्त्री विरुद्घ समेत चर्को नारावाजी गरेका थिए । महिलाहरुको उल्लेख्य सहभागीतामा स्थानिय शिवमन्दिरको प्राङ्गनबाट निस्केको जुलुस नगरपरिक्रमा पश्चात् स्थानिय गजेन्द्र चौकमा पुगी विरोध सभामा परिणत भएको थियो ।
विरोध सभाका सहभागी वक्ताहरुले सरकारले नागरिकता सम्बन्धी ल्याएको संशोधन विधेयक मधेश विरोधी रहेको आरोप लगाउँदै सरकारले निरंकुश शैलीमा नागरिकता विधेयक ल्याएर मधेश प्रतिको विभेद मात्र नभएर सदियोदेखि भारतसँग रहेको रोटी र बेटीको सम्बन्ध बिर्गान खोजेको आरोप समेत लगाएका छन् ।
जनता समाजवादी पार्टीका नेता केदार यादवको अध्यक्षतामा आयोजित विरोध सभालाई प्रमुख अतिथि प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर साह, संघिय सांसद डा. सुर्य नारायण यादव, जनता समाजवादी पार्टीका नेता गजेन्द्र मण्डल, अमरनाथ मण्डल, दिपेन्द्र चौधरी, दिनेश यादव, नगरप्रमुख शम्भु यादव, शैलेश साह, शिव नारायण साह, गाउँपालिका प्रमुख सतिश सिंह, हरेराम यादव, दयानन्द गौईत, महिला नेतृ साधना झा, पुनम यादव लगायतले संशोधन विधेयक खारेज नभएसम्म सडक र सदन दुवै ठाउँबाट संघर्ष जारी राख्ने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ