News Category 2077/03/16
जसपाद्वारा नागरिकता विधेयक विरुद्घ प्रदर्शन

दैनिक समाचारदाता
राजविराज, १६ असार ।
नागरिकता संशोधन विधेयक विरुद्घ जनता समाजवादी पार्टीले मंगलबार देशभरी प्रदर्शन गरेको छ ।
सो पार्टीले सप्तरीमा बिशाल प्रदर्शन गरेको छ । प्रदेश मन्त्री, पार्टीका केन्द्रिय पदाधिकारी, निर्वाचित जनप्रतिनिधि, जिल्ला नेतालगायतको सहभागीतामा सो विरोध प्रदर्शन गरिएको हो ।
वैवाहिक अगिकृत नागरिकताको ७ बर्षे प्रावधान खारेज गर्न, महिलासँगको विभेद अन्त्य गर्न, बेटीरोटीको सम्बन्ध विगार्न नपाइने, मधेशी माथिको अत्याचार बन्द गर्न लगायतको माँग गर्दै बिरोध जुलुस नगरको विभिन्न स्थानको परिक्रमा गरेको थियो ।
सो क्रममा सहभागिहरुले प्रधानमन्त्री विरुद्घ समेत चर्को नारावाजी गरेका थिए । महिलाहरुको उल्लेख्य सहभागीतामा स्थानिय शिवमन्दिरको प्राङ्गनबाट निस्केको जुलुस नगरपरिक्रमा पश्चात् स्थानिय गजेन्द्र चौकमा पुगी विरोध सभामा परिणत भएको थियो ।
विरोध सभाका सहभागी वक्ताहरुले सरकारले नागरिकता सम्बन्धी ल्याएको संशोधन विधेयक मधेश विरोधी रहेको आरोप लगाउँदै सरकारले निरंकुश शैलीमा नागरिकता विधेयक ल्याएर मधेश प्रतिको विभेद मात्र नभएर सदियोदेखि भारतसँग रहेको रोटी र बेटीको सम्बन्ध बिर्गान खोजेको आरोप समेत लगाएका छन् ।
जनता समाजवादी पार्टीका नेता केदार यादवको अध्यक्षतामा आयोजित विरोध सभालाई प्रमुख अतिथि प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर साह, संघिय सांसद डा. सुर्य नारायण यादव, जनता समाजवादी पार्टीका नेता गजेन्द्र मण्डल, अमरनाथ मण्डल, दिपेन्द्र चौधरी, दिनेश यादव, नगरप्रमुख शम्भु यादव, शैलेश साह, शिव नारायण साह, गाउँपालिका प्रमुख सतिश सिंह, हरेराम यादव, दयानन्द गौईत, महिला नेतृ साधना झा, पुनम यादव लगायतले संशोधन विधेयक खारेज नभएसम्म सडक र सदन दुवै ठाउँबाट संघर्ष जारी राख्ने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ